सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

संसदमा प्रतिपक्षी सांसदले वोल्न समय पाएनन्, सभामुखले बोल्न नदिएपछि संसदमा कांग्रेस र राजपाको नाराबाजी

राजनीति

Samsad Birodh#

संसदमा प्रतिपक्षी सांसदले वोल्न समय पाएनन्, सभामुखले बोल्न नदिएपछि संसदमा कांग्रेस र राजपाको नाराबाजी

सुनाखरी न्युज/
काठमाडौं –
संसदमा प्रतिपक्षी सांसदले वोल्न समय नपाएपछि संसद वैठक अवरुद्ध वन्यो । सभामुख कृष्णबहादुर महराले बोल्न समय नदिएपछि प्रतिनिधिसभामा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका सांसदले नाराबाजी गरे ।

बैठक सुरु भएलगत्तै सिटबाट उठेका कांग्रेस र राजपा सांसदलाई सभामुख महराले बोल्न समय दिएनन् । उनले ‘माननीय सदस्यहरुले आफ्नो कुरा हिजो नै राख्नुभयो’ भन्दै बोल्न समय दिएनन् ।

तर कांग्रेस र राजपा सांसद उठिराखेपछि उनले बैठक अगाडि बढाए । लगत्तै कांग्रेस र राजपा सांसदहरु संसदको बेल घेराउ गर्दै नाराबाजीमा उत्रिए ।

नाराबाजीकै बीच सभामुख महराले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका बजेटसम्बन्धी विधेयकका संबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउन समय दिए । त्यसपछि अर्को बैठक असार ३० गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरे ।

Share this news: