सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

मनमोहन मेमोरियल कलेजमा विद्यार्थीको आकर्षण

शिक्षा

1

मनमोहन मेमोरियल कलेजमा विद्यार्थीको आकर्षण

शिव दुवाडी: www.sunakharinews.com-

काठमाडौंको मुटु नयाँबजार (सोह्खुट्टे) मा अवस्थित मनमोहन मेमोरियल कलेजमा विद्यार्थीको आकर्षण बढेको छ । कलेजले सर्वशुलभ शुल्कमा उपलब्ध गराउने गुणस्तरीय शिक्षा, मनमोहक, शान्त र स्वच्छ वातावरण लगायतका कारण यस कलेजमा विद्यार्थीको आकर्षण बढ्दै गएको हो । वि.स. २०५६ सालमा स्थापना भएर बिस वर्षको अवधिमा टेकिरहदा यो कलेजले आफ्नो नाम राजधानीकै उत्कृष्ट कलेजहरुको सूचीमा पार्न सफल भएको छ ।

 

गुणस्तरीय शिक्षा नै पहिलो प्राथमिकता भएको उल्लेख गर्दै क्याम्पस प्रमुख द्रोण वहादुर अधिकारीले भने ‘विद्यार्थीलाई गुणस्तरीय र ब्यवहारिक शिक्षा उपलब्ध गराउनु यस कलेजको प्रमूख उद्धेश्य भएको वताउनुभयो । शान्त र रमणिय वातावरणमा अध्यापन हुने यस कलेजले न्युन शुल्कमा विद्यार्थीलाई पठटक पाठन गराउँदै आएको उहाँको भनाई छ ।
‘मनमोहन कलेजले क्षमतावान विद्यार्थीले सुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्राप्तगर्नवाट वञ्चित हुन नहुने मान्यताकासाथ अगाडि बढेको छ,’ उहाँले भन्नुभयो ‘।

 

गुणस्तरिय शिक्षालाई नै कलेजले पहिलो प्राथमिकतामा राखेकोले यो कलेज अहिले धेरै विद्यार्थीको रोजाइमा परेको उहाँको भनाई छ । मुलुकमा लगभग ७७ वटै जिल्लाका विर्थी अहिले यस कलेजमा अध्ययनरत छन् । उच्च माध्यामिक देखि स्नातकोत्तर तचह सम्मको अध्यापन हुने यस कलेजमा मानविकी, ब्यवस्थापन, शिक्षा र एजुकेसन साइन्स लगायतका फ्याकल्टिमा पढाइ हुने गर्दछ ।
कलेजका निवर्तमान प्रमूख शिशिर अर्याल कलेजको रमणिय, शान्त विथर्थीमैत्री वातावरणले हालव कलेजमा विद्यार्थीको घुँइचो लाग्न थालेको छ हो । उहाँका अनुसार यस कलेजमा लामो समयदेखिको अध्यापन कार्यमा संलग्न अनुभवी प्राध्यापकहरुको टिम छ ।
सहायक क्याम्पस प्रमूख महेन्द्र बस्नेत यस कलेजमा विद्यार्थीको वास्तविक आवश्यकता र चाहना अनुरुपको शिक्षा उपलब्ध गराइँदै आएको वताउनुहुन्छ । कलेजको एकेडेमिक ईन्चार्ज नवराज खनाल तथा परीक्ष प्रमूख कृष्ण वोहरापनि शिक्षा क्षेत्रका अनुभवी ब्यक्ति मानिनुहुन्छ ।
शिक्षाविद् एवं राजनीतिज्ञ डा. वावुराम अधिकारी सो कलेजको संस्थापक एवं कार्यकारी निर्देशकमा हुनुहुन्छ । शिक्षा क्षेत्रमा उहाँले संगाल्नु भएको लामो अनुभव सो कलेजमा अध्ययनरत विद्यार्थीले साट्न पाउँछन् ।
कलेजले वेलावखत विभिन्न किसिमका अन्तरकृयात्मक कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता, मनोरञ्जनात्मक एवं साँस्कृतिक कार्यक्रम, वादविदाव प्रतियोगिता, शैक्षिक भ्रमण, स्थलगत रुपमा प्रयोगात्मक अभ्यास जस्ता विद्यार्थीकालागि अत्यावस्यक कार्यहरुलाई महत्वकासाथ अगाडि बढाउँदै आएको छ ।

 

आमसञ्चार तथा पत्रकारिता, कम्प्युटर साइन्स, होटल म्यानेज्मेन्ट, हेल्थ एजुकेशन जस्ता ब्यवहारिक र प्रयोगात्मक बिषयलाई कलेजले उच्च महत्वकासाथ स्थान दिँदै आएको छ । आमसञ्चार तथा पत्रकारिताका विद्यार्थीलाई सञ्चार माध्यमको अवलोकन भ्रमण गराउने देखि होटल म्यानेज्मेण्टका विद्यार्थीलाई प्रसिद्ध पाँचतारे होटलमा तालिम गराउने देखि लिएर कलेजभित्रै कम्प्युटर प्रायेगशाला स्थापनागर्ने, आवश्यकता अनुसार विद्यार्थीलाई निशुल्क वाइफाइको सुविधा उपलब्ध गराउने, जारको स्वच्छ खानेपानी उपलब्ध गराउने, सफा र सुलभरुपमा क्यान्टिनको सुविधा, लाइव्रेरी सुविधा, इन्डोर तथा आउटडोर गेमको सुविधा जस्ता कुराहरु कलेजमा उपलब्ध छन् । जसकाकारण कलेजमा एसइइ परीक्षा पास गरेका वसेका विद्यार्थीको समेत ब्यापक भिड लाग्न थालेको छ ।

Share this news: