सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

सूर्या लाइफइन्स्योरेन्सको १८ प्रकारका मुख्य घातक रोगहरु विरुद्धको रक्षावरण सार्वजनिक

बीमा

Capture

सूर्या लाइफइन्स्योरेन्सको १८ प्रकारका मुख्य घातक रोगहरु विरुद्धको रक्षावरण सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं – सूर्या लाइफइन्स्योरेन्स कम्पनीले क्यान्सर, हृदयघात,मृगौला फेल सहित १८ प्रकारका घातक रोगहरु विरुद्ध सुरक्षाप्रदान गर्न “सूर्या लाइफ केयर” पुरक करार सार्वजनिक गरेको छ । यो ऐच्छिक सुविधाबाट वीमितले क्यान्सर, हृदयघात, स्ट्रोक,कोर्नरी आर्टरी बाइपास सर्जरी, हर्ट– भल्भ सर्जरी, मृगौला फेल लगायत १८ घातक रोगहरु मध्ये कुनै एक रोगबाट पिडित भएको प्रमाणित भएमा पुरक करारको शर्तहरुको अधिनमा रहि मुलबीमाङ्कको आधारमा एकमुष्ठ रु ५० लाख सम्म भुक्तानी गरिनेछ ।

 

भविष्यमा आइपर्ने सम्भावित घातक रोगहरुबाट हुने आर्थिक भारबाट सुरक्षितहुने उत्तमउपाय नै सूर्या लाइफ केयर एैच्छिक सुविधा रहेको छ । ग्राहकले बीमालेख खरिद गर्ने समयमावाबीमितले बीमाबार्षिकोत्सबमामुलबीमाङ्क बराबरको यो सुविधालिन सक्नेछ ।

विषेशताहरुः
न्युनतम बीमा शुल्कमा १८ घातक रोगहरुको रक्षावरण.
 बीमितजीवित छँदै दाबीगर्न सकिने .
रक्षावरण गरिएको रोगहरु मध्ये कुनै एकको पहिचानभएमा , दाबी रकम पाउने .
रु ५० लाख सम्मको एकमुष्ठ रकम भुक्तानी गरिने .
१६ वर्ष देखि ६० वर्ष सम्मको बीमितले लिन सकिने.
 ३५ वर्ष सम्मको बीमाअवधिवा ६५ वर्षसम्म घातक रोगहरुको जोखिम वहनहुने.

 

“सूर्या लाइफ केयर” सम्बन्धी पुरक करार बीमितहरुको सहजतालाई मध्येनजर गरि कम्पनीबाट जारी भएका सबै बीमालेखहरुमा यो सुविधाउपलब्ध गराइएको छ । यो पुरक करार प्रचलनमाल्याउनु अगावै बीमालेख लिइसकेका बीमितहरु लाई समेत ध्यानमा राखेर बीमा वार्षिकोत्सबमा चालु बीमालेखमा यो सुविधा लिन सकिनेछ । विस्तृत जानकारीको लागि कम्पनीका शाखाहरु तथा कर्पोरेट कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।

Share this news: