सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

प्रधानमन्त्री ओलीले विषादी प्रकरणबारे भनेः भारतको कूटनीतिक प्रयास बारे मलाई अनभिज्ञ राखियो, पछिमात्रै भारतले कूटनीतिक प्रयासहरू गरेको थाहाभयो

राजनीति

KP Oli#

प्रधानमन्त्री ओलीले विषादी प्रकरणबारे भनेः भारतको कूटनीतिक प्रयास बारे मलाई अनभिज्ञ राखियो, पछिमात्रै भारतले कूटनीतिक प्रयासहरू गरेको थाहाभयो

सुनाखरी न्युज/
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निकायले विषादी परीक्षण रोक्नका लागि भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई ‘अनभिज्ञ’ राखेको बताएका छन् । भारतीय दूतावासले विभिन्न संवाद गर्दै हिँडेको र पत्र पठाएको बारे २३ गते मात्र जानकारी प्राप्त गरेको प्रधानमन्त्री ओलीले उल्लेख गरे ।
‘मलाई पछि मात्र थाहा भयो र त्यससम्बन्धमा भारतले कूटनीतिक प्रयासहरू र विभिन्न ठाउँमा संवादहरू अघि बढाएको रहेछ । त्यो कुराबाट पनि मलाई अनभिज्ञ नै राखियो । तसर्थ मेरो जानकारीमा नभएको हुनाले मैले पत्र आएको छैन भनें । तर २३ गते बेलुका मात्र मैले पत्र आएकोबारे जानकारी पाएँ । म त्यसबाट अत्यन्त दुखित छु,’ प्रधानमन्त्री ओलीले बुधबार जनतासँग प्रधानमन्त्री कार्यक्रममा विषादी प्रकरणबारे स्पष्टीकरण दिँदै भने  ।

प्रधानमन्त्रीको यो अभिव्यक्तिले मुलुकको कार्यकारी व्यक्ति नै कति गुमराहमा छन् भन्ने प्रश्न उब्जिएको छ । प्रधानमन्त्री ओलीले २१ गते नेकपाको संसदीयदलमा ‘कस्तो पत्र कसले पठाएको पत्र ?’ भन्दै सांसदहरूमाथि आक्रोश पोखेका थिए । उनले पत्रै नआएको दाबी गरेका थिए ।

 

Share this news: