सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

आजको खेलमा अस्ट्रेलिया र इङ्ल्यान्डको टोली जित निकाल्दै फाइनलमा स्थान बनाउने योजनामा

खेलकुद

austriala

आजको खेलमा अस्ट्रेलिया र इङ्ल्यान्डको टोली जित निकाल्दै फाइनलमा स्थान बनाउने योजनामा

सुनाखरी न्युज /

काठमाडौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज एक खेल हुँदैछ । १९७५ पछि पहिलोपटक अस्ट्रेलिया र इङ्ल्यान्ड सेमिफाइनलमा भिड्दै छ । खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बाट सुरु हुनेछ ।

अस्ट्रेलिया आईसीसी एकदिवसीय विश्वकप पाँच पटक विश्वकको उपाधि उचालेको छ । अस्ट्रेलियाले विश्वकपमा सन् १९९२ पछि इङ्ल्याण्डबिरुद्ध एउटा खेल पनि हारेको छैन । अस्ट्रेलियाले इङ्ल्याण्डलाई चार पटक हराएको छ । आजको खेलमा अस्ट्रेलियाले जीतको शृङ्खलालाई कायम राख्ने प्रयास गर्नेछ भने इङ्ल्याण्ड हारको क्रममा ब्रेक लगाउन चाहनेछ ।

विश्वकपमा अस्ट्रेलियाको पल्ला भारी रहेको छ । विश्वकपमा खेलिएका ८ खेलमा अस्ट्रेलियाले ६ र इङ्ल्याण्डले २ खेल जितेको छ । सन् १९७५ बाट सुरु भएको विश्वकपमा इङ्ल्यान्ड भने आजसम्म उपाधि चुम्न नसकेको टोली हो । आजको खेलमा दुबै टोली जित निकाल्दै फाइनलमा स्थान बनाउने योजनामा छन् । तीन पटक फाइनलमा पुगेर पनि उपाधि उचाल्न नसकेको इङ्ल्यान्ड यो पटक फाइनलमा स्थान बनाउँदै उपाधि उचाल्ने योजनामा छ ।

एजेन्सी

Share this news: