सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

भगवानलाई चढाएको फूल ओइलाएपछि अपमान नहुने ठाउँमा राख्नुपर्छ

धर्म - संस्कृति

god

भगवानलाई चढाएको फूल ओइलाएपछि अपमान नहुने ठाउँमा राख्नुपर्छ

सुनाखरी न्युज /

काठमाडौं – भगवानका मूर्तिमा फूल चढाउँदा भक्तको मनोकामना पूरा हुने मान्यता छ । चढाएको फूल दुईतीन दिनमा ओइलाइजान्छ । फूलको अपमान नहुने ठाउँमा राख्नुपर्छ । कसैको पनि गोडाले नकुल्चोसे भनी होश गर्नुपर्छ ।
नदी वा जलाशयमा कुहिएको फूल हाल्दा फोहर हुन्छ । चढाएको फूल ओइलाएपछि घरको आँगनमा तुलसीको बिरुवा वा कुनै मन्दिर परिसरमा रहेको रुखको फेदमा राख्नुपर्छ । त्यसबाट रुखबिरुवाले पोषक तत्त्व पाउँछ । भगवानलाई अर्पित गरिएका सबै वस्तु पवित्र हुन्छन् र यिनलाई अपमान गर्नु हुँदैन । अपमान गर्दा पूजापाठको शुभ फल प्राप्त हुँदैन ।

Share this news: