सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

पाकिस्तानमा दुईवटा रेल एकआपसमा जुधेर दुर्घटना, कम्तीमा १० जनाको मृत्यु

विश्व

paki

पाकिस्तानमा दुईवटा रेल एकआपसमा जुधेर दुर्घटना, कम्तीमा १० जनाको मृत्यु

एजेन्सी/पाकिस्तान – पाकिस्तानमा आज विहान दुईवटा रेल एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६६ जनाभन्दा बढी घाइते भएका छन् । पाकिस्तानी रेल अधिकारीहरुका अनुसार पंजाब प्रान्तको रहिम यार खानमा दुईवटा रेल जुधेका थिए । प्रहरीका अनुसार लाहोरबाट आइरहेको यात्रुबाहक रेल र चौबाटोमा रोकिराखेको सामान ढुवानी गर्ने रेल एकआपसमा जुधेका थिए ।

 

स्थानीय प्रहरी अधिकृत ओमार सलामतले जनाए अनुसार दुर्घटनास्थलबाट कम्तीमा दश जनाको शव बाहिर निकालिएको र ६६ जनाभन्दा बढी घाइतेको उद्धार गरिएको जानकारी दिनुभएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।पाकिस्तानी रेलमन्त्री शेख रसिद अहमदले घटनाको छानबिन गर्न अनुसन्धान टोली गठन गरिएको जानकारी दिएका छन । गत जुनमा पनि दक्षिणी सिन्ध प्रान्तमा दुई वटा रेल जुधेर तीन जनाको मृत्यु भएको थियो ।

Share this news: