सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

कृषि विकास बैंक बाट सामुदायिक सेवा केन्द्र ट्याङ्गलाफांट किर्तिपुरलाई सामग्री हस्तान्तरण

बैकिङ

Capture

कृषि विकास बैंक बाट सामुदायिक सेवा केन्द्र ट्याङ्गलाफांट किर्तिपुरलाई सामग्री हस्तान्तरण

सुनाखरी न्युज/ काठमाडौं – ट्याङ्गलाफांट किर्तिपुरमा सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत कृषि विकास बैंक लि शाखा कार्यालय किर्तिपरबाट आयोजित कार्यक्रममा कृषि विकास बैंक लि का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको प्रमुख अतिथ्यमा सामुदायिक सेवा केन्द्र ट्याङ्गलाफांट किर्तिपुर लाई रु १ लाख १० हजार बराबरको सामग्री सेवा केन्द्रका अध्यक्ष बाबुराम सुवेदीलाई हस्तान्तरण गर्नु भयो । स्थानीय नागरीकहरुको बाक्लो स्थती रहेको सो समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले सवै प्रकृतिका लोक कल्याणकारी कार्यमा सवै क्षेत्रबाट सहयोग हुन सकेमा त्यसले देश विकासमा महत्वपूर्ण टेवा पु¥याउने भनी व्यक्त गर्नुभयो ।

 

उक्त अवसरमा नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिका बारे चर्चा गर्नुका साथै बैंक पूर्ण रुपमा आधनिक बैंकिङ्ग भै बैंकले हाल एटिएम, एस एम एस, मोवाईल बैकिङ्ग, आश्वा सुविधा, डिम्याट, भिसा कार्ड, आई पि एस, इन्टरनेट सुविधा लगायतका सेवा सुविधाहरु ल्याएको हुंदा उल्लेखित सेवाहरु उपयोग गर्नु हुनु अनुरोध समेत गर्नुभयो । सामुदायिक सेवा केन्द्र ट्याङ्गलाफांटका अध्यक्ष श्री बाबुराम सुवेदी, केन्द्रका उपाध्याक्ष सुरेन्द्र उप्रेति, डि एस पी छेदीलाल कामतले उपस्थित महानुभावहरुलाई स्वागत गर्दै कृषि विकास बैंक लि ले पुराएको सहयोगको सराहना गरी बैंकको उच्च प्रगतिको कामना समेत गर्नु भयो ।

सो कार्यक्रममा कृषि विकास बैंक लिमिटेड का मु उप महाप्रबन्धक तथा कार्यक्रमका विशिष्ट अतिथिी प्रताप सुवेदीले बैंक नाफामुलक व्यवसायमा मात्र संलग्न नभै सामाजिक कार्यमा पनि त्यतिकै सरिक हुंदै आएको छ र भविष्यमा पनि आवश्यकताको आधारमा यस्ता कार्यहरु गर्दै जाने र सेवा केन्द्रहरुले पनि सामाजिक सेवामा अझ बढी विशेष जोडदीदै अगाडी बढ्न शुभकामना दिनुभयो । उक्त कार्यक्रममा का मु विभागीय प्रमुख शंकर अर्याल, बैंकका प्रवक्ता हिमलाल पौडेल, क्षेत्रिय कार्यालय काठमाडौका का मु निर्देशक करुण चन्द्र घिमिरे, का मु निर्देशक अनिल यादव, शाखा प्रमुख राजेन्द्र रानाभाट, का स झगेन्द्र आचार्य र प्रबन्धक मिना लेखक, नारायणलाल श्रेष्ठ ,बजार शाखा व्यवस्थापनका शाखा प्रमुख महेश्वर मरहठा, बैंकका पूर्व कर्मचारीहरु वि प्र गणेश पाण्डे, भरत बस्नेत लगायतका अन्य कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संचालन कृषि विकास बैंक लि क्षेत्रिय कार्यालय काठमाडौका शाखा प्रमुख शालीकराम ढकालले गर्नु भएको थियो ।

Share this news: