सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

ऐन बनेको डेढबर्ष पुग्दापनि गठन भएन विपद् व्यवस्थापन प्राधिकरण, विपद जोखिम न्यूनिकरणमा सरकार गंभिर नभएको आरोप

हाइलाइट-समाचार

Bipad Jokhim#

ऐन बनेको डेढबर्ष पुग्दापनि गठन भएन विपद् व्यवस्थापन प्राधिकरण, विपद जोखिम न्यूनिकरणमा सरकार गंभिर नभएको आरोप

सुनाखरी न्युज/
काठमाडौं-
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन ऐन बनेको १६ महिना बितिसक्दा पनि सरकारले विपद् व्यवस्थापन प्राधिकरण गठन गर्न सकेको छैन । लामो समयसम्म प्राधिकरण गठन हुन नसक्दा सत्तारूढ दलकै सांसद र नेताले सरकारको कार्यशैली प्रति असन्तुष्टि व्यक्त गरेका छन्।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेतासमेत रहेका विपद् विज्ञ डाक्टर गंगालाल तुलाधरले विभिन्न वहानामा प्राधिकरण गठन गर्न ढिलाई गर्नु सरकारको गैहजिम्मेवारी भएको टिप्पणी गुरे। ऐन, कानुन, नियम, नीति र रणनीतिअनुसार इमान्दार भएर सरकारले ऐन कार्यान्वयन गर्दै प्राधिकरण गठन गर्नुपर्ने बताए। दैवीकिय उपजको रुपमा बुझिदै आएको विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको बारेमा पछिल्लो समय निकै राम्रा काम र उपलब्धि भए पनि त्यसको एकिकृत प्रणालीको व्यवस्था गर्न नसक्दा परिणाम सुन्य देखिएको छ।

संसदीय समितिले सरकारले तत्काल प्राधिकरण गठन गर्न निर्देशन नै दिइसक्यो। प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुसासन समितिको असार ९ गते बसेको बैठकले विपद जोखिम व्यवस्थापन सम्बन्धी कार्यलाई एकरुपता ल्याउन र पूर्व तयारी, प्रतिकार्य, पुर्नलाभ र पुनर्निमाण कार्यमा सम्बन्धित निकायबीच समन्वयात्मक भूमिका निर्वाह गर्न, विपद् व्यवस्थापनसम्बन्धी क्रियाकलावको प्रभावकारी कार्यान्वयन एवं सञ्चालन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण यथासिघ्र गठन गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको थियो।

विपद व्यवस्थापन राष्ट्रिय प्राधिकरण गठन हुन नसक्दा तल्लोतहसम्म विपद जोखिम न्यूनिकरणका लागि आवश्यक पूर्व तयारी, प्रतिकार्य, पुर्नलाभ र पुनर्निमाणका काम प्रभावकारी हुन सकेका छैनन्। विपद्बाट पुग्ने मानवीय र भौतिक क्षतिलाई सरकारले संवेदनशील भएर नहेरेकै कारण प्राधिकरण गठनमा ढिलाइ भएको विश्लेषण डाक्टर तुलाधरले गरे। मनसुन सुरु भएसंगै मुलुकका विभिन्न स्थानमा बाढी पहिरोजन्य विपद्बाट भएको क्षति र प्रभावितको पुर्नस्थापना तथा मृतकका परिवारलाई राहतको व्यवस्था गर्न नसकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले तत्काल प्राधिकरण गठन गर्न माग गर्दे आएका छन्।

 

Share this news: