सुनाखरी न्युज
२०७६ आश्विन १ , बुधवार

समुदाय- प्रहरी साझेदारी अन्तरगत प्रहरी संग एक दिन कार्यक्रम सम्पन्न

शिक्षा

समुदाय- प्रहरी साझेदारी अन्तरगत प्रहरी संग एक दिन कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं – समुदाय प्रहरी साझेदारी अन्तर्गत प्रहरी संग एक दिन कार्यक्रम सम्पन्न । जिल्ला पर्वत कुश्मा नगरपालिका वडा नं ४ स्थित श्री कालीगण्डकी एकेडेमीमा अध्ययनरत कक्षा ८, ९ र १० का विधार्थी भाईवहिनीहरुले यस जिल्ला प्रहरी कार्यालय पर्वतको अवलोकन तथा भ्रमण गरेका छन । उक्त अवलोकन भ्रमणको क्रममा विधार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय भित्र रहेका अपराध अनुसन्धान, प्रहरी कार्य तथा विशेष शाखा, हिरासत कक्ष तथा महिला वालवालिका तथा ज्येष्ठ नागरीक सेवा केन्द्रको अवलोकन गरेका छन् । जस्मा विधार्थीहरुलाई अपराध अनुसन्धानसंग सम्वन्धित जिज्ञासाहरु उक्त शाखामा कार्यरत प्रहरी निरीक्षक राजन रायमाझीले प्रष्ट पार्नु भएको थियो।

 

उक्त भ्रमण कार्यक्रमको सिलसिलामा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बिद्यार्थिहरुसंग भेटघाट गरी विधार्थीहरुको मनोभावना एवम् प्रहरी प्रतिको सोचाई, घरेलु एवम् सामाजिक अपराध न्युनिकरणमा बिद्यार्थीहरुको भुमिका, डायल १००, साईबर अपराध, ट्राफिक नियम एवम् राजमार्गमा हिड्दा अपनाउनु पर्ने तरिकाहरुका विषयमा अन्तर्क्रिया गर्नुभएको थियो भने बिधार्थिहरुले प्रहरीसंग सम्वन्धित जिज्ञाशाहरु समेत सोही कार्यक्रममा राख्नुभएको थियो ।

उक्त अवलोकन भ्रमणको सहजिकरण यस कार्यालयमा कार्यरत प्रहरी निरीक्षक राजन रायमाझी, प्रहरी नायव निरीक्षक मोहन कुमार खड्का, प्रहरी सहायक निरीक्षक अर्जुन पौडेल र कमल बस्यालले गर्नुभएको थियो ।

Share this news: