सुनाखरी न्युज
२०७६ आश्विन २७ , सोमवार

सुन तोलामा १ हजारले वृद्धि, चाँदीको मूल्य प्रतितोला रु ४५ ले वृद्धि

सुन–चाँदी

Gold#

सुन तोलामा १ हजारले वृद्धि, चाँदीको मूल्य प्रतितोला रु ४५ ले वृद्धि

सुनाखरी न्युज/ काठमाडौ – सुनको मूल्य आज फेरि प्रतितोला १ हजारले वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासङघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७३ हजार ५०० पुगेको छ । मंगलबार छापावाला सुन प्रतितोला रु ७२ हजार ५ सयमा खरिदबिक्री भएको थियो। त्यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला १ हजार ले वृद्धि भएको छ ।

 

तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार २०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । यसअघि तेजाबी सुन प्रतितोला रु ७२ हजार २०० मा कारोबार भएको थियो । सुनको मूल्य वृद्धि भएसँगै चाँदीको मूल्यमा पनि असामान्य वृद्धि भएको देखिएको छ । नेपाली बजारमा आज चाँदीको मूल्य प्रतितोला रु ४५ ले वृद्धिभई ९४० पुगेको छ ।साउन महिनाको शुरुवातदेखि नै नेपाली बजारमा सुनको मूल्य उकालो लाग्न थालेको हो ।साउन महिनामा मात्रै सुनको मूल्य करिब रु सात हजार ५०० ले वृद्धि भएको थियो ।

 

बढ्दो क्रममा रहेको चीन–अमेरिका व्यापार युद्ध, अमेरिकी केन्द्रीय बैङ्कद्वारा ब्याजदरमा कटौतीलगायत कारणबाट विश्वबजारमा सुनको मूल्य प्रभावित भइरहेको छ । पछिल्लो समय अमेरिका र चीनले एकअर्का देशका उत्पादनमा थप कर वृद्धिको घोषणागरेसँगै सुनको मूल्य झन् प्रभावित हुने आकलन गरिएको छ ।

Share this news: