सुनाखरी न्युज
२०७६ आश्विन २७ , सोमवार

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो

कृषि

ddc

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो

सुनाखरी न्युज/

काठमाडौँ — सरकारको निर्देशनमा दुग्ध विकास संस्थान (डीडीसी)ले दुई वर्षपछि दूधको मूल्य बढाएको छ । दुग्ध सहकारीहरु र डेरी उद्योग संघको दबाबमा सरकारले दूध प्रतिलिटर ६ रुपैयाँले बढाएको हो ।

उपभोक्ताले अब प्रतिलिटर दूधको ७६ रुपैयाँ तिर्नुपर्नेछ। यसअघि ७० रुपैयाँमा बिक्री वितरण हुँदै आएको थियो। नयाँ भाउ अनुसार ६९ प्रतिशत किसानले र ३१ प्रतिशत उद्योगीले पाउनेछन्।

बढेको मूल्य २१ गते शनिबारदेखि लागू हुने डीडीसीका योजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले बताए।

कृषि तथा पशुपन्छी मन्त्रालयले बिहीबार दूधको मूल्य बढाउने निर्णय गरी कार्यान्वयनका लागि डीडीसीलाई पत्र पठाएकोव्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले बताए।

मन्त्रालयका प्रवक्तातेजबहादुर सुवेदीले पनि मूल्य बढाउन सिफारिस गरेको बताए। तर, नयाँ मूल्य डीडीसीको बोर्ड बैठकबाट पास भएपछि लागू हुने उनले बताए

 

झाका अनुसार यसअघि २०७४ भदौ १ मा दूध प्रतिलिटर ६ रुपैयाँ बढाइएको थियो।

दुग्ध सहकारीहरुले मूल्य नबढाए भदौ १ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएका थिए। उनीहरुको आन्दोलनमा डेरी उद्योग संघहरुले पनि समर्थन जनाएका थिए।

सरकार, उद्योगी, किसानका प्रतिनिधिबीच पटक पटकको वार्ताबाट दूध प्रतिलिटर १० रुपैयाँ बढाउने सिफारिस गरेको थियो।

Share this news: