सुनाखरी न्युज
२०७६ आश्विन २७ , सोमवार

विश्वकै ठूलो तेल प्रशोधन केन्द्र खुरैस ओयलफिल्डमा ड्रोन हमला, उत्पादन ५० प्रतिशत कटौती

विश्व

ddd

विश्वकै ठूलो तेल प्रशोधन केन्द्र खुरैस ओयलफिल्डमा ड्रोन हमला, उत्पादन ५० प्रतिशत कटौती

 

सुनाखरी न्युज/
काठमाडौं स्स-

उदी अरेबियाले एक महत्वूर्ण तेल प्रशोधन केन्द्र बन्द गरेको छ । यो विश्वकै सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र हो । पेट्रोलियम उत्पादनमा विश्वकै ५५ हिस्सा ओग्टने खुरैस ओयलफिल्डमा ड्रोन आक्रमण भएपछि बन्द गरिएको हो । यस आक्रमणसँगै साउदीको ५० प्रतिशत तेल उत्पादन कटौती भएको छ । आक्रमणको जिम्मेवारी यमनको विद्रोही संगठन हौथी रिवेल्सले लिएको छ । विश्व बजारमा पनि दैनिक ५५ आपूर्ति घटेको छ ।

कतिपय विश्लेषकहरुले आपूर्ति घटेकाले बजार भाउ समेत प्रभावित हुन सक्ने आँंकलन गरेका छन् । यस तेल प्रशोधन केन्द्रमा शनिबार बिहान ड्रोन हमला गरिएको थियो । यस केन्द्रबाट दैनिक ५७ लाख ब्यारेल पेट्रोलियम पदार्थ उत्पादन हुँदै आएको थियो । पछिल्लो एक तथ्यांकका अनुसार साउदी अरेबियाले यस प्लान्टबाट प्रतिदिन औसतमा ९८ लाख ५० हजार ब्यारेल तेल उत्पादन गर्दथ्यो ।

यो हमलाले ग्यास उत्पादन समेत असर परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । आक्रमणमा मानवीय क्षति भने भएको छैन । हमलापछि कम्पनीमा ठूलो मात्रामा भौतिक क्षति भएको छ । घटनलाई तत्कालै नियन्त्रणमा लिन सफल भएको कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् ।

आक्रमणकारी संगठन हौथी रिवेल्स्ले साउदी अरेबियामा भएको यो अहिलेसम्मकै ठूला आक्रमण भएको दाबी गरेको छ । साउदी अरेबियाले आगामी दिनमा अझै ठूला आक्रमण सामना गर्नुपर्ने चेतावनी समेत आक्रमणकारीले दिएका छन् । यस हमलामा १० वटा ड्रोन प्रयोग भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

एजेन्सीहरुको सहयोगमा

Share this news: