सुनाखरी न्युज
२०७६ कार्तिक २९ , शुक्रवार

कक्षा ११ को नतिजा आज, राष्ट्रिय परीक्षा वोर्डले मंगलबार नतिजा प्रकाशनगर्न शुरु गर्यो छलफल

शिक्षा

NEB#

कक्षा ११ को नतिजा आज, राष्ट्रिय परीक्षा वोर्डले मंगलबार नतिजा प्रकाशनगर्न शुरु गर्यो छलफल

सुनाखरी न्युज/

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल मंगलबार सार्वजनिक गर्ने भएको छ । बोर्डले गत बैशाख २९ गते देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा भोलि प्रकाशित गर्ने गरी तयारी पूरा गरेको हो ।
परीक्षामा ५ लाख ८ हजार परीक्षार्थी सहभागी थिए। नतिजा प्रकाशन तयारीका लागि सोमबार बोर्डको बैठक बसेको थियो।

बैठकमा नतिजा प्रकाशन तयारीबारे छलफल भएको हो । बैठकमा बसेका बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशन गर्न मंगलबार बिहान बैठक डाकिएको छ। ‘तयारीमा कुनै प्राविधिक त्रुटी नभए भोलि बिहान बैठक हुन्छ र बेलुकाखेर नतिजा प्रकाशित हुन्छ,’ उनले भने। ११ कक्षामा मुलुकभरका ४ हजार एक सय ३७ विद्यालयका विद्यार्थी परीक्षामा सम्मिलित थिए। १ हजार १ सय ७ केन्द्रमा परीक्षा भएको थियो।

Share this news: