सुनाखरी न्युज
२०७६ आश्विन २७ , सोमवार

वैशाख, जेठ महिनामा सञ्चालन भएको कक्षा ११ को नियमित र आंशिक परीक्षार्थीको परीक्षाफल प्रकाशित

शिक्षा

Capture

वैशाख, जेठ महिनामा सञ्चालन भएको कक्षा ११ को नियमित र आंशिक परीक्षार्थीको परीक्षाफल प्रकाशित

सुनाखरी न्युज/ काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले २०७६ साल वैशाख/जेठ महिनामा सञ्चालन भएको कक्षा ११ को नियमित र आंशिक ग्रेड वृद्धि र अङ्काङ्कन परीक्षार्थीहरुको परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको मिति २०७६/०६/०७ गतेको निर्णयानुसार प्रकाशित गरेको छ । बोर्डले गत बैशाख २९ गते देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा प्रकाशित गरेको हो । परीक्षामा देशभरबाट करिब ४ लाख ८ हजार परीक्षार्थी सहभागी भएका थिए। ११ कक्षामा मुलुकभरका ४ हजार एक सय ३७ विद्यालयका विद्यार्थी परीक्षामा सम्मिलित थिए। १ हजार १ सय ७ केन्द्रमा परीक्षा भएको थियो।

 

परीक्षाफलको विवरण निम्नानुसार रहेको छ ।

२०७६ सालको कक्षा ११ को ग्रेड वृद्धि (पूरक) परीक्षा सञ्चालन 
राष्ट्रिय परीक्षा बोर्डद्वारा मिति २०७६ वैशाख÷जेठ महिनामा सञ्चालन भएको कक्षा ११ को परीक्षामा नियमित परीक्षार्थीको रुपमा सम्मिलित रजिष्ट्रेशन नम्बरको शुरुको दुई अङ्क ७६ भएका) भई तपसिलमा उल्लिखित मापदण्ड पुरा गरेका परीक्षार्थीहरूलाई बढीमा दुई विषयमा मात्र ग्रेड वृद्धि (पूरक) परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरिएको हु“दा त्यस्ता परीक्षार्थीहरूले सम्बन्धित विद्यालयका प्रधानाध्यापक÷प्राचार्यबाट प्रमाणित गराई निम्न बमोजिमका कार्यालयहरुमा विद्यालय मार्फत मिती २०७६ कात्र्तिक १८ गतेभित्र रकम बुझाई मिति २०७६ कात्र्तिक २२ गते सम्म परीक्षा आवेदन फाराम बुझाउनु हुन सूचित गरिन्छ ।

कक्षा ११ को ग्रेड वृद्धि (पूरक) परीक्षाको समय तालिका

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा सञ्चालन गरिने वि सं २०७६ सालको कक्षा ११ को ग्रेड वृद्धि ९पूरक० परीक्षामा सम्मिलित हुन पाउने परीक्षार्थीहरूको ग्रेड वृद्धि परीक्षा निम्न लिखित कार्यक्रम अनुसार सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा समयः बिहान ११ः०० बजेदेखि २ः०० बजेसम्म


मिति विषय
१. २०७६ कात्र्तिक ३० गते शनिबार
 अनिवार्य अङ्ग्रेजी ००२
 एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय
 दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफुले परीक्षा दिने विषयहरू मध्येको सानो
कोड नम्बर भएको विषय
२. २०७६ साल मंसिर १ गते आईतबार
 दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफुले परीक्षा दिने विषयहरू मध्येको ठूलो
कोड नम्बर भएको विषय

 

Share this news: