सुनाखरी न्युज
२०७६ आश्विन २७ , सोमवार

क्यानको चुनावमा नेपाली कांगे्रस र नेकपाबीच भिडन्त शुरु

खेलकुद

nepali can

क्यानको चुनावमा नेपाली कांगे्रस र नेकपाबीच भिडन्त शुरु

 

सुनाखरी न्युज /

नेपाल क्रिकेट संघ क्यानको चुनावी साधारण सभा सुक्रबार आजदेखि काठमाडौंमा सुरु हुँदैछ । क्यानको यस चुनावलाई नेपाली कांग्रस र नेकपाबीचको भिडन्तका रुपमा पनि लिईएको छ । निर्वाचनमा क्यानको ३९ जिल्ला र प्रदेशका २० गरी ५९ सदस्य प्रतिनिधिले मतदान गर्नेछन् । क्यानमाथि सरकारले अनावश्यक हस्तक्षेप गरेको र अवैधानिक निर्वाचन गरिएको भन्दै तीन बर्षअघि आईसीसीले क्यानमाथि प्रतिबन्ध गरेको थियो । प्रतिबन्धपछि नेपाली क्रिकेटलाई आईसीसीले आफ्नै सक्रियतामा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि गराउँदै आएको छ ।

क्यान अध्यक्ष पदमा आईसीसीको निलम्बन गर्नुअघिका बर्तमान अध्यक्ष चतुरबहादुर चन्द र पूर्व अध्यक्ष विनयराज पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ । दुवैले आआफ्नो प्यानल खडा गरेर चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र १३ जना सदस्य सहित १७ सदस्यीय कार्यसमितिको चयन हुनेछ ।

Share this news: