सुनाखरी न्युज
२०७६ मंसिर ३० , सोमवार

विन्ध्यवासिनीका दुई छात्रालाई कोरीयाली विद्यार्थीको आर्थिक सहयोग

शिक्षा

विन्ध्यवासिनीका दुई छात्रालाई कोरीयाली विद्यार्थीको आर्थिक सहयोग

शिशिर पौडेल/ पोखरा-  कोरियाली नागरिक एलेक्स हृयुङ उन्होले पोखराको वाटुलेचौरस्थित विन्ध्यवासिनी मा वि का दुई जना छात्रालाई शैक्षिक विकासका लागि आर्थिक सहयोग गरेका छन् । हाल अमेरिकाको टेक्सास राज्यमा कक्षा ११ मा अध्ययन गर्ने उन्हो सहितका ११ जना कोरियाली विद्यार्थीको समुहले शैक्षिक सहयोग मार्फत ३२ हजार ६ सय ४५ रुपैयाँ उपलब्ध गराएको उन्होका नेपाली साथी एवं विद्यालयका शिक्षक ईश्वर खड्काले जानकारी दिनुभयो ।

 

उक्त रकम शुक्रवार विद्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा विद्यार्थीद्वय ईश्मा गुरुङ र शान्ति घले लाई विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा, प्रधानाध्यापक कृष्णप्रसाद आचार्य , शिक्षक ईश्वर खड्काले हस्तान्तरण गर्नुभयो । ईश्माले २५ हजार ६ सय ४० र शान्तिले ५ हजार ८ सय २५ रुपैयाँ सहयोग स्वरुप प्राप्त गरेकी छिन् । शुभकामना आदान प्रदान कार्यक्रममा विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले शैक्षिक विकासका लागि कोरियाली विद्यार्थीको भुमिका महत्तवपुर्ण रहेको वताउनुभयो ।

 

सबैले आफ्नो गच्छे अनुसार चाडपर्व मनाउन सुझाव दिदै उहाँले हाम्रा चाडपर्व संस्कुति प्रधान रहेको वताउनुभयो । कार्यक्रममा समितिका सदस्य जीवनाथ शर्मा, शिक्षक अभिभावक संघका अध्यक्ष शिवराम पौडेल, प्रधानाध्यापक कृष्णप्रसाद आचार्य लगायतका शिक्षक कर्मचारीले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।

Share this news: