सुनाखरी न्युज
२०७६ आश्विन २७ , सोमवार

विद्युत उत्पादनकालागि सरकारको बास्केटमा १०० बढी साना जलविद्युत आयोजना, ८८ वटा आयोजना १० मेगावाट भन्दा साना

उर्जा

Elc#

विद्युत उत्पादनकालागि सरकारको बास्केटमा १०० बढी साना जलविद्युत आयोजना, ८८ वटा आयोजना १० मेगावाट भन्दा साना

सुनाखरी न्युज/
काठमाडौं-
सरकारले लाईसेन्स लिएर काम अघि नबढाएका १०० बढी साना जलविद्युत आयोजनालाई बास्केटमा राखेको छ । सरकारले अहिले अध्ययन गरिरहेका ८ हजार मेगावाटका ४९ आयोजनामा भने अधिकांश ठूला जलविद्युत आयोजना प्राथमिकतामा रहेको देखिन्छ। १५ वटा आयोजना मात्रै २५ मेगावाट भन्दा साना आयोजना छन्। ती मध्ये पनि ८ वटा आयोजना मात्रै १० मेगावाट भन्दा पनि साना आयोजना रहेका छन्। अरु सबै २५ मेगावाटभन्दा ठूला आयोजना रहेको विभागको तथ्याङ्क छ।

करिब ३ हजार मेगावाटका १०८ जलविद्युत आयोजना बास्केटमा राखिएकोमा १०० भन्दा बढी साना जलविद्युत आयोजना परेका छन्। ती मध्ये ८८ वटा आयोजना १० मेगावाट भन्दा पनि साना जलविद्युत आयोजना रहेको विद्युत विकास विभागले जनाएको छ।

सरकारले ०७१ पछि मात्रै १०८ वटा आयोजनालाई बास्केटमा राखेको हो। पछिल्लो समय ऊर्जा मन्त्री वर्षमान पुनले झोलामा खोला राख्ने युगको अन्त्य गर्ने भन्दै कामै नगरि बस्ने प्रवद्र्धकको लाईसेन्स खोस्ने बताउँदै आएका छन्।

साना नदीको हाईड्रोलोजी घटिरहेको र संचालनमा आएका अधिकांश साना आयोजनाले प्रक्षेपण गरे अनुसारको विद्युत उत्पादन गर्न नसकेर जरिवाना तिरिरहेको छन्। लगानीकर्ताले विभिन्न कारणले ती आयोजना अघि बढाउन नसकेका हुन्।

बास्केटमा गएका मध्ये भेरी९३ जलाशययुक्त आयोजना ४८० मेगावाट, बुढीगण्डकी  १३० मेगावाट, चेरा९१ १४८।७ मेगावाट, डाडागाउँ खलङ्गा भेरी १२८ मेगावाट, हुम्ला कर्णाली क्यासकेड ९१६ मेगावाट र नाम्लन जलविद्युत आयोजना ३०३ मेगावाट गरि ६ वटा आयोजना मात्रै १०० मेगावाट भन्दा ठूला आयोजना छन्। बाँकी १०२ वटा आयोजना १ मेगावाट देखि ८६ मेगावाट सम्मका छन्। ती मध्येपनि सबैभन्दा धेरै ८८ वटा आयोजना १० मेगावाट भन्दा पनि साना जलविद्युत आयोजना रहेको विभागको तथ्याङ्क छ।

 

Share this news: