सुनाखरी न्युज
२०७६ आश्विन २७ , सोमवार

सनराईज क्यापिटलको साधारण सभा सम्पन्न,२० प्रतिशत नगद लाभांश पारित

शेयर

Capture

सनराईज क्यापिटलको साधारण सभा सम्पन्न,२० प्रतिशत नगद लाभांश पारित

सुनाखरी न्युज/ काठमाडौं – सनराईज क्यापिटल लिमिटेडको ९ औं वार्षिक साधारण सभाअसोज १० गते एलिस रिसेप्सन गैह्रिधारा, काठमाडौंमा सम्पन्न भएको छ । सभाले सञ्चालक समिति बाट सिफारिस भएबमोजिम आ ब  २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरु लाई २० प्रतिशत नगद लाभांश ९४ करोड नगद लाभांश वितरण गर्ने प्रस्ता वपारित गरेको छ ।

 

साथै, सभाले आ ब २०७५/०७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब एवं नगद प्रवाह, लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक समेत पारित गरेको कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Share this news: