सुनाखरी न्युज
२०७६ आश्विन २७ , सोमवार

भारतद्वारा कुलेश्वर आवास माध्यमिक विद्यालयको भवन निर्माण

शिक्षा

Capture

भारतद्वारा कुलेश्वर आवास माध्यमिक विद्यालयको भवन निर्माण

सुनाखरी न्युज/ काठमाडौं – काठमाडौं स्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजयकुमारले २०७६ आश्विन ११ गते काठमाडौंमहानगरपालिका वडा नं १४ स्थितकुलेश्वर आवास माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । उक्तउद्घाटन समारोहमा जिल्ला समन्वय समितिका अध्यक्ष शिव सुन्दरराज वैद्य, वडा अध्यक्ष शोभा सापकोटा तथा जिल्ला समन्वय अधिकृत पीताम्बर अधिकारी लगायत राजनीतिक नेता तथा सामुदायिक अगुवाहरुको सहभागीता थियो ।

 

सन् १९८९ माकुलेश्वर आवास परिवार कल्याण संस्थानले स्थापना गरेको यस कुलेश्वर आवास माध्यमिक विद्यालय सामुदायको सहयोग बाट सञ्चालित छ । हाल यस विद्यालयमा ८०० भन्दा बढी विद्यार्थीहरु अध्ययारत छन् जसमध्ये ५० प्रतिशत छात्रा रहेका छन् । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु समाजका सिमान्तकृत वर्गका छन् । भारत सरकारको ने रु ३.८६ करोड अनुदान सहयोगमा निर्मित यस तीनतल्ले नयाँ विद्यालय भवनमा २० वटा कक्षा कोठा लगायतप्रत्येकातलामा छात्र छात्राका लागिछुट्टै शौचालय, अण्डरग्राउण्ड पानीट्याङ्की, सेप्टिक ट्याङ्कीतथाफर्निचरको व्यवस्था रहेको छ ।

 

यस विद्यालय निर्माणको परियोजना लाई काठमाडौं जिल्ला समन्वय समितिले कार्यान्वयन गरेको हो । यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरण लाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारलको प्रयासलाई पूरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजना सँग जोडिन पाएकोमा भारत सरकार खुशी व्यक्त गर्दछ ।

Share this news: