सुनाखरी न्युज
२०७६ आश्विन २७ , सोमवार

जनरल इन्स्योरेन्स कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

बीमा

Capture

जनरल इन्स्योरेन्स कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

सुनाखरी न्युज/ काठमाडौं – जनरल इन्स्योरेन्स कम्पनी नेपाललिले प्रति शेयर रु १०० अंकित दरको ३०,००,०००कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेड लाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक एस.के. टमोट र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गर्नु भयो ।

 

जनरल इन्स्योरेन्स कम्पनीको अधिकृत पूँजी रु २ अर्व, जारी पूँजी रु १अर्व र चुक्तापूँजी रु ७० करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चातकम्पनीको चुक्तापूँजी रु १ अर्व हुनेछ । जनरल इन्स्योरेन्स कम्पनी नेपाललिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०६४÷०८÷१०मापब्लिक लिमिटेड कम्पनीको रुपमाकम्पनी रजिष्ट्रार कार्यालयमादर्ता भएको हो । २०७४/१०/२४गते बीमा समिति बाट निर्जीवनबीमा कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको यस कम्पनीले २०७४/०३/०६गतेदेखि आफ्नो बीमा सम्बन्धी कारोवारको शुभारम्भ गरेको हो । यस कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौ महानगरपालिका वडा नं १ हात्तीसार, काठमाण्डौंमारहेको छ ।

 

कम्पनीले कारोवार शुरु गरेको छोटो अवधिमै नेपालका मुख्यशहरहरु काठमाण्डौ उपत्यका बाहिर बिर्तामोड, दमक, इटहरी, धरान, बिराटनगर,बनेपा, हेटौडा, नारायणगढ, चरीकोट, लाहान, जनकपुर, हरिओन, बिरगंज, बर्दिबास, पोखरा, बाग्लुङ्ग, कावशोती, बुटवल, भैरहवा, घोराही, नेपालगंज, धनगढी, टीकापुर, महेन्द्रनगर, बट्टार, वालिङ, मणिग्रम, फसाटिकर, भुमहीमा काठमाण्डौ उपत्यकाभित्र कालिमाटि, महाराजगंजचावहील, न्यूरोड, नयाँबानेश्वर, बालाजु, जावलाखेल, भक्तपुर गरि जम्मा ३७ वटा शाखाकार्यालय र १० तेश्रो पक्षबीमा काउण्टरमार्फत् बीमा सेवा प्रदान गरि रहेकोछ ।

Share this news: