सुनाखरी न्युज
२०७६ आश्विन २७ , सोमवार

हुन्डाई हाईवेय एसुरेन्स हाईवेमा फ्रि चेक अप क्याम्प

अटो

Capture

हुन्डाई हाईवेय एसुरेन्स हाईवेमा फ्रि चेक अप क्याम्प

सुनाखरी न्युज/ काठमाडौं – नेपालको लागि हुन्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेनटल प्रा.ली.ले “हुन्डाई हाईवेय एसुरेन्सू हुन्डाई गाडीहरुको लागि फ्रि चेक अप क्याम्प आयोजना गरेको छ । यस कार्यक्रम अन्तर्गत कम्पनीले आफ्ना ग्राहक वर्गको लागि राजमार्गका विभिन्न स्थानहरुमा हुन्डाई गाडीको फ्रि चेक अप क्याम्प स्थापना गरेको छ ।

 

नेपालीहरुको महान चाड वडा दसैंमा आफ्नो परिवारजन तथा इस्टमित्रहरु सँग मनाउने हेतुले आफ्नो हुन्डाई ष्गाडीमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको यसफ्रि चेक अप क्याम्पमा ग्राहकहरुले आफ्नो हुन्डाई गाडीको फ्रि चेक अप क्याम्पगराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले निस्शुल्क थप गरिदिने व्यवस्था पनि गरेको छ ।

 

यो योजना अन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थानबिर्तामोड काँकड्भित्ता रोड, इटहरी मिलन चोक, कुरिनटार सीरीन हाईवे रिसोर्ट, डालिमा, भरतपुर बाल मन्दिर चोक, चौराहा  बुटवल, नेपालगंन्ज कोहलपुर चोक, धनगढी अतरिया चोक र बिरगंन्ज पतलैया चोक हरुमाफ्रि चेक अप क्याम्पपोइन्टको स्थापना गरीेएको छ । यो कार्यक्रम असोज १६ देखि १९ गते सम्म बिहान १० बजे देखि साँझ ६ बजे सम्म सञ्चालन हुनेछ ।

Share this news: