सुनाखरी न्युज
२०७६ आश्विन २७ , सोमवार

फोर्ड र महिन्द्रा विच संयुक्त सम्झौता

अटो

Capture

फोर्ड र महिन्द्रा विच संयुक्त सम्झौता

सुनाखरी न्युज/ काठमाडौं – फोर्ड मोटर कम्पनी र महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले संयुक्त रुपमा (ज्वाइन्ट भेन्चर) काम गर्ने गरी एक सम्झौतामा हस्ताक्षर गरेका छन । जस अन्तर्गत दुवै कम्पनीका उत्पादनहरुलाई संयुक्त प्रयासमा प्रवद्र्धन गरिने छ । फोर्ड ब्राण्डका सवारी साधनहरुको भारतमा बजारीकण र विक्री वितरणमा संयुक्त प्रयास गरिने छ भने फोर्ड र महिन्द्रा एण्ड महिन्द्राका उत्पादन तीव्र गतिमा विकास भैराखेको अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गरिने छ । संयुक्त लगानीमा महिन्द्राको अंश ५१ प्रतिशत र फोर्डको ४९ प्रतिशत रहने छ । फोर्डको भारतमा भइरहेको बजार पनि संयुक्त लगानी भित्र आउने छ ।

 

सन् २०१७ सेप्टेम्बर देखि दुई कम्पनी बीच प्रारम्भ भएको प्रक्रियाले सन् २०२० मा दुई कम्पनीको सहमतिमा कारोवार गर्ने पूर्णता पाउने छ । दुवै कम्पनीको समान प्रतिनिधित्व हुने गरी महिन्द्राले व्यवस्थापन गर्ने छ । संयुक्त प्रयास अन्तरगत फोर्ड ब्राण्डलाई भारतका साथै अन्तराष्ट्रिय बजारमा समेत प्रवद्र्धन गरिने छ । हाललाई आ–आफ्नै डिलरको नेटवर्क मार्फत काम गरे पनि एक आपसमा प्रवद्र्धन तर्फ सक्रिय रहने छन् । महिन्द्राको अनुभव र मूल्यमा आधारित इन्जिनियरिङ्को यसले सफलता पाइको छ भने फोर्डको प्राविधिक विशेषज्ञता र अन्तराष्ट्रिय बजार पहुँचको संयुक्त प्रयासले कारोवारलाई गति दिने कुरामा विश्वस्त छन् ।

 

त्यस्तै फोर्डले आफ्ना ग्रहाकहरुका माग पुरा गर्नुका साथै भविष्यमा उनीहरुको आवश्यकता पूरा गर्न निरन्तर सक्रिय रहने र प्राविधिकरुपमा उच्च गुणस्तरीय सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको छ । दुवै कम्पनीको संयुक्त प्रयासमा भविष्यमा विद्युतीय सवारी साधन निर्माण गरी ग्राहकको सेवामा लाग्ने कुरा दुवै कम्पनीले सहमति गरेका छन् । फोर्ड कम्पनीको स्थापना ११६ वर्ष अघि भएका थियो, यसले कार ट्रक आदि निर्माण गर्दै आएको छ । विश्वभर यसका १ लाख ९४ हजार कामदार छन् । यसका डिलरहरु विश्वव्यापी रुपमा छन् । यस्तै महिन्द्रा एण्ड महिन्द्रा कम्पनीको विश्वव्यापी रुपमा २ लाख ४० हजार कामदार छन् भने १०० भन्दा बढी मुलुकमा महिन्द्राका सवारी साधन पुगेका छन् ।

Share this news: