सुनाखरी न्युज
२०७६ कार्तिक २९ , शुक्रवार

दसैंका यात्रु सवार मिनी बस दुर्घटना, ३ को मृत्यु, २५ घाइते

accident

दसैंका यात्रु सवार मिनी बस दुर्घटना, ३ को मृत्यु, २५ घाइते

सुनाखरी न्युज/

सिन्धुली — सुनकोसी गाउँपालिका १ स्थित बीपी राजमार्गको दुम्जामा मिनी बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २५ घाइते भएका छन् ।
दसैंका यात्रु लिएर काठमाडौंबाट सिराहा जाँदै गरेको बा ३ ख २३५९ नम्बरको मिनि बस काभ्रे र सिन्धुलीको सिमानामा दुम्जा नेपालथोक नजिक दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुनेमा सिरहा इनरुवा ८ का ३५ वर्षीय रामअवतार पण्डित, सप्तरी राजविराज ७ की लक्ष्मी देव र ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय दलबहादुर श्रेष्ठ रहेका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

घाइतेमध्ये ५ को अवस्था जटिल छ । उनीहरुलाई उपचारका लागि धुलिखेल पठाइएको छ ।

 

Share this news: