सुनाखरी न्युज
२०७६ आश्विन २७ , सोमवार

दशैं एक महत्व अनेक, सेलिब्रिटी देखि नेता र ब्यापारि देखि हुने खाने र हुँदा खानेहरुको समेत आ आफ्नै योजना

घुमफिर–पर्यटन

Changa#

दशैं एक महत्व अनेक, सेलिब्रिटी देखि नेता र ब्यापारि देखि हुने खाने र हुँदा खानेहरुको समेत आ आफ्नै योजना

सुनाखरी न्युज/
काठमाडौं-
हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैं नेपालीको घरआगनमा आइसकेको छ । यसको रौनकताले यतिबेला आम नेपालीलाई छोइसकेको छ । मिठो खाने, नया कपडा लगाउने, आफन्त साथीभाई भेटघाट गर्ने, मान्यजनबाट आशिर्वाद लिने यो चाडको मूख्य विशेषता हो ।

त्यसो त किनमेल गर्ने देखि गाउँघर फर्कने मानिसहरुको भिड सहर बजारमा देख्न सकिन्छ । दशंैलाई मानिसहरुले विभिन्न ढंगले लिने गरेका छन् । दशैंलाई कतिपयले सम्बन्ध नवीकरण गर्ने समयको रुपमा पनि लिन्छन् भने धेरैजसोले घर फर्कने मौसमको रुपमा लिन्छन् । यहि मौसमले यतिबेला कलाकर्मी, पत्रकार, नेता, ब्यवसायी देखि हुने खाने र हुश्ँदा खानेसम्मलाई यसको रौनकले छोएको छ ।  यस क्षेत्रमा लागेका कलाकर्मीहरुले यस वर्षको दशैंलाई अविस्मरणिय बनाउनका लागि विभिन्न योजना बनाएका छन् ।

 

Share this news: