सुनाखरी न्युज
२०७६ आश्विन २७ , सोमवार

महराको राति नै शिक्षण अस्पतालमा नियमित र फोरेन्सिक स्वास्थ्य परिक्षण

स्वास्थ्य

Krishna Bahadur Mahara#

महराको राति नै शिक्षण अस्पतालमा नियमित र फोरेन्सिक स्वास्थ्य परिक्षण

सुनाखरी न्युज/

काठमाडौँ — सभामुख निवास बालुवाटारबाट पक्राउ गरिएका कृष्णबहादुर महराको आइतबार राति नै शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ । प्रहरीले उनको नियमित तथा फोरेन्सिक दुवै तरिकाबाट स्वास्थ्य जाँच गराएको हो ।

दसैं बिदाका कारण सरकारी वकिलको कार्यालय बन्द रहेकोले अहिलेलाई उनीसँग नेपाल प्रहरीले मात्रै बयान लिने छ।

सिंहदरबार वृत्तको हिरासत कक्षमा रहेका उनलाई उच्च रक्तचापसँगै स्वासप्रस्वासको समस्या दखिएको छ। उनलाई सामान्य हिरासत कक्षमा नै अक्सिजन दिएर राखिएको प्रहरी स्रोतले बताएको छ।

महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख निवास बालुवाटारबाट नियन्त्रणमा लिएको हो। बानेश्वर वृत्तका डीएसपी दुर्गा रेग्मी नेतृत्वको टोली कालो रंगको स्कर्पीयो गाडीमा महरालाई नियन्त्रणमा लिनका लागि सभामुख निवास प्रवेश गरेको थियो।

 

Share this news: