सुनाखरी न्युज
२०७६ आश्विन २७ , सोमवार

करणको उत्कृष्ट प्रदर्शनसँगै नेपालको दोस्रो जित, प्रतियोगितामा नेपालको लगातार दोस्रो जित

खेलकुद

karan

करणको उत्कृष्ट प्रदर्शनसँगै नेपालको दोस्रो जित, प्रतियोगितामा नेपालको लगातार दोस्रो जित

 

सुनाखरी न्युज/
काठमाडौँ — नेपालले पाँच राष्ट्र सम्मिलित ट्वान्टी २० प्रतियोगितामा सोमबार नेदरल्यान्ड्सलाई चार विकेटले पराजित गरेको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो ।
आइतबार नेपालले हङकङलाई हराएको थियो । यो जितले नेपाल उपाधीको पनि बलियो प्रत्यासी बनेको छ । ओमानमा भइरहेको प्रतियोगितामा नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दै सबै विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । त्यसमा म्याक्स ओ डोडले सर्वाधिक ४३ रन बनाए ।

करण १४ बलमा ३१ रन जोडेर नटआउट रहे । नेपाललाई अन्तिम ओभरमा जितका लागि १७ रन चाहिएकोमा करणको ब्याट्बाट त्यति रन निस्केको थियो ।

नेपालका लागि कप्तान पारस खड्काले ३३ र विनोद भण्डारीले २६ रनको ठोस योगदान दिए ।

नेपाली बलरमध्ये १७ रनमा चार विकेट लिए । यस्तै सन्दीप लामिछानेले पनि २० रनमा चार विकेट लिए। जवाफमा नेपालले एक बल बाँकी हुँदा छ विकेट गुमाएर १ सय ३४ रन बनायो ।

 

Share this news: