सुनाखरी न्युज
२०७६ आश्विन २७ , सोमवार

संकुचित वन्दै मुलुकको अर्थतन्त्र, शोधनान्तर घाटालाई भरथेग गर्दै आएको रेमिट्यान्सको वृद्धिदर पनि २ प्रतिशतमा खुम्चियो

ट्रेन्डिङ

NRB#

संकुचित वन्दै मुलुकको अर्थतन्त्र, शोधनान्तर घाटालाई भरथेग गर्दै आएको रेमिट्यान्सको वृद्धिदर पनि २ प्रतिशतमा खुम्चियो

सुनाखरी न्युज/
काठमाडौं –
मुलुकको आर्थिक अवस्था क्रमिकरुपमा थप संकुचित वन्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालदु आर्थिक बर्षको पहिलो मसिहनाको विवरणले यसलाई पुष्टि गर्दछ ।
आर्थिक वर्ष २०७६र७७ को पहिलो महिनामा ७५ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले दिएको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो नगन्य वृद्धि हो ।

आव २०७५-७६ को पहिलो महिनाको तुलनामा जम्मा २ प्रतिशतले मात्रै रेमिट्यान्स बढेको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा वृद्धिदर ३३.१ प्रतिशत थियो । दशैको महिनालाई रेमिट्यान्सको मूख्य सिजन मानिन्छ ।

वैदेशिक रोजगारीमा जानेको संख्या घटेसँगै रेमिट्यान्स पनि घटेको नेपाल राष्ट्र बैंकले बताएको छ । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत(नयाँ र वैधानिकीकरण० का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १९.० प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यो संख्या ३०।८ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १।३ प्रतिशतले घटेको छ ।

Share this news: