सुनाखरी न्युज
२०७६ आश्विन २७ , सोमवार

आज विजया दशमीको दोस्रो दिन अर्थात एकादसी, मान्यजनबाट टीका र आशिर्वाद थाप्ने क्रम जारी

ट्रेन्डिङ

ddd

आज विजया दशमीको दोस्रो दिन अर्थात एकादसी, मान्यजनबाट टीका र आशिर्वाद थाप्ने क्रम जारी

शिव दुवाडी, सुनाखरी न्युज/
काठमाडौं-
बडा दशैंको आज दोस्रो दिन टिका लगाउने क्रम जारी रहेको छ। विजया दशमीको दिनमा टिका लगाउन छुटेकाहरूले आज आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शिवाद ग्रहण गरिरहेका छन् ।

यो टिकाको क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ । दशैंमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमानै सकेसम्म सबै आफन्तहरूकहाँ पुग्ने गर्दछन् । आजदेखि टाढाका आफन्तसँग टीका थाप्न जान मानिसहरुलाई चटारो नै हुने गर्दछ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने चलन छ भने कतिपय स्थानमा टिकाको दिन मात्र टीका लगाउने चलने छ ।

आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टिका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टिका तथा आशिर्वाद लिने चलन छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्ति विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ । दुर्गा भवानीको अर्चना गरिएको नवरात्र पछि पर्ने यो एकादशीको नाम अनुसार पाप गर्नेलाई नाश गर्र्ने एकादशीका रुपमा प्रख्यात छ ।

Share this news: