सुनाखरी न्युज
२०७६ आश्विन २७ , सोमवार

कृषि विकास बैंक लि र एन.आर.एन पार्टनर प्रा.लि. विच रेमिट व्यवसाय प्रर्वनका लागि सम्झौता

बैकिङ

Capture

कृषि विकास बैंक लि र एन.आर.एन पार्टनर प्रा.लि. विच रेमिट व्यवसाय प्रर्वनका लागि सम्झौता

सुनाखरी न्युज/ काठमाडौँ – कृषि विकास बैंक लि. र एन.आर.एन पार्टनर कम्पनी प्रा.लि. विच अफिसियल बैकिङ्ग पार्टनरको रुपमा कार्य गर्नका लागि सम्झौता भयो । उक्त सम्झौतामा कृषि विकास बैंक लि.को तर्फ बाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र एन.आर.एन पार्टनर कम्पनी प्रा.लि. र आईडिया फर नेपाल प्रा.लि.को तर्फबाट अध्यक्ष  गोर्कण प्रसाद श्रेष्ठले हस्ताक्षर गर्नु भएको थियो ।

 

आगामी दिनमा उक्त सम्झौताले विदेशबाट प्राप्त हुने रेमिट्यान्स रकमलाई उत्पादन क्षेत्रमा उपयोग गर्न थप मद्दत पुग्ने छ । व्यवसायिक कृषि, पर्यटन होटेल इ–पारकिङ्ग , रेमिट्यान्स र भुक्तानी सेवा व्यवसाय थप वृद्धि हुने देखिन्छ । उक्त अवसरमा कृषि विकास बैंक लि. का प्रमुख कार्यकारी अधिकृत  अनिल कुमार उपाध्यायले कृषि विकास बैंक लि.लाई अफिसियल बैकिङ्ग पार्टनरको रुपमा सेवा गर्ने मौका दिनु भएकोमा सम्बद्ध पक्षलाई धन्यवाद दिंदै यस सम्झौताले भविष्यमा रेमिट्यान्स व्यवसाय अभिवृद्धिका लागि थप टेवा पुग्नका साथै रेमिट्यान्स रकमको पूर्ण सदुपयोग गर्न र विदेशमा रहने नेपालीहरुले नेपालमा रकम पठाउन थप सहज र सरल हुन समेत मद्दत पुग्दछ ।

 

सोहि अवसरमा अध्यक्ष गोर्कण प्रसाद श्रेष्ठले कृषि विकास बैंक लि.लाई आफनो अफिसियल बैकिङ्ग पार्टनरको रुपमा सहकार्य गर्ने मौका प्रदान गरेकोमा कृषि विकास बैंक लि. परिवारलाई हार्दिक धन्यवाद दिनुका साथै भविष्यमा यस सम्झौताका कारणले दुर्गम ग्रामिण क्षेत्रहरुमा रेमिट्यान्स सेवालाई सहज र सरल सहित पहुंच वृद्धि गर्न सम्भावित सहकारी तथा व्यक्तिहरुलाई एजेन्टको रुपमा परिचालन गर्न सकिने छ । उक्त अवसरमा कृषि विकास बैंक लि.का का.मु. उप–महाप्रबन्धकहरु प्रताप सुवेदी, यज्ञ न्यौपाने, ध्रुव चन्द्र गौतम र दिर्घ बहादुर अर्याल , बैंकका कन्सलटेन्ट घुरन ठाकुर, विभागीय प्रमुखहरु, बैंक प्रबक्ता हिमलाल पौडेल, र एन.आर.एन पार्टनर कम्पनी प्रा.लि. र आईडिया फर नेपाल प्रा.लि.का शिरोमणी दवाडी लगायत अन्य कर्मचारीहरुको समेत सहभागीता रहेको थियो ।

Share this news: