सुनाखरी न्युज
२०७६ कार्तिक २९ , शुक्रवार

विभिन्न व्यक्तिहरुको नाममा रहेको लालपुर्जा देखाई ठगी गर्ने कार्यमा संलग्न पक्राउ

Arrest pic

विभिन्न व्यक्तिहरुको नाममा रहेको लालपुर्जा देखाई ठगी गर्ने कार्यमा संलग्न पक्राउ

सुनाखरी न्युज/ ललितपुर – मालपोत कार्यालय ललितपुर बाट जारी भएको भनी विभिन्न व्यक्तिहरुको नाममा रहेको लालपुर्जा देखाई ठगी गर्ने कार्यमा संलग्न ४ जनालाई काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुर बाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यबिनायक नगरपालिका १ सिरुटार बस्ने ३७ वर्षीया सुष्मा श्रेष्ठ, काठमाडौं महानगरपालिका २५ बाङ्गेमुडा बस्ने ४७ वर्षीया निर्मला श्रेष्ठ, काठमाडौं सितापाइला बस्ने काठमाडौं महानगरपालिका १७ ठहिटि घर भएका ३६ वर्षीया निलिमा श्रेष्ठ र ललितपुर महालक्ष्मी नगरपालिका १ ईमाडोल बस्ने ४२ वर्षीय निरज ताम्राकार रहेका छन् ।

 

उनीहरुको साथबाट कम्प्युटर सेट ,मोबाइल, बल्यु प्रिन्ट, ट्रेस नक्सा, जग्गा धनि प्रमाणपत्रमा प्रयोग हुने बाहिरी रातो कवर १० थान, रबर स्टयाम ४ थान, स्याम प्याड र बिभिन्न व्यक्तिको नाममा रहेको १५ थान किर्ते लालपुर्जाहरु समेत बरामद भएको उक्त परिसरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share this news: