सुनाखरी न्युज
२०७६ मंसिर २९ , आइतवार

एप्पलको पहिलो कम्प्युटरको मुल्य २० करोड

विचित्र–संसार

एप्पलको पहिलो कम्प्युटरको मुल्य २० करोड

सुनाखरी न्युज/
एजेन्सी-

एप्पल कम्पनीका संस्थापक स्टीभ जब्सले निर्माण गरेको एउटा दुर्लभ कम्प्युटर झण्डै २० करोड रुपैयाँमा बिक्री हुने भएको छ ।

नाइन टू फाइभ म्याकका अनुसार एप्पलको पहिलो कम्प्युटर एप्पल वान साढे १७ लाख अमेरिकी डलर मूल्यमा इ कमर्श साइट इ बेमा बिक्रीका लागि राखिएको हो ।

यसअघि सन् २०१६ मा पनि एप्पल वानको प्रिप्रोडक्सन मोडेलको कम्प्युटर बिक्रीमा राखिएको थियो । सो कम्प्युटर ८ लाख १५ हजार डलरमा बिकेको थियो ।

स्टिम जब्स र स्टिभ बोज्नियाकले निर्माण गरेका एप्पल वान कम्प्युटर एप्पलको सुरुवाती कम्प्युटर हो । विश्वमा अहिले यस्ता कम्प्युटर केवल ६ गोटा मात्रै अस्तित्वमा छन् ।

साढे १७ लाख डलरमा बिक्रीमा राखिएको यो कम्प्युटरको विवरणमा उल्लेख गरिए अनुसार यो कम्प्युटर जोसँग छ उनी यसका दोश्रो मालिक हुन् । उनीसँग सन् १९७८ देखि यो कम्प्युटर रहेको बताइएको छ । यो कम्प्युटर धेरै हदसम्म चालु अवस्थामा छ ।

 

एप्पल वान कम्प्युटरमा एउटा मोनिटर र एउटा काठको खोल रहेको छ । बिक्रीमा राखिएको यो कम्प्युटरमा ओरिजिनल ओनल म्यानुअलको डिजिटल कपी, बेसिक म्यानुअल, स्किम्याटिक्स, क्यासेट इन्टरफेस तथा गाइड्ससँगै बेसिक गेम्स, भाषा, लो एण्ड हाइ मेमोरी टेष्ट, ३० औँ वर्षगाँठ भिडियोसँगै अन्य सामाग्री पनि रहेका छन् ।

 

Share this news: