सुनाखरी न्युज
२०७६ कार्तिक २९ , शुक्रवार

चिलिमेले २५ प्रतिशत लाभांश दिने

शेयर

chilime

चिलिमेले २५ प्रतिशत लाभांश दिने

सुनाखरी न्युज/ काठमाडौँ – चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्ष ०७५/७६ को नाफाबाट लगानीकर्ता लाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकोे छ । कात्तिक १८ गते सम्पन्न कम्पनी सञ्चालक समिति बैठकले प्रतिशत २० बोनस सेयर र ५ प्रतिशत नगद लाभांश ( कर सहित) घोषणा गरेको हो । कम्पनीद्वारा प्रस्तावित उक्त लाभांश कम्पनीको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ता लाई वितरण हुनेछ ।

 

कम्पनीको चुक्ता पुँजी चार अर्ब ७५ करोड रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७० करोड रुपैयाँ नाघ्ने छ । कम्पनीले अघिल्लो आर्थिक वर्षपनि २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share this news: