सुनाखरी न्युज
२०७६ कार्तिक २९ , शुक्रवार

६९ कम्पनीले गरे लाभांश घोषणा (सूचीसहित)

शेयर

Capture

६९ कम्पनीले गरे लाभांश घोषणा (सूचीसहित)

सुनाखरी न्युज/ काठमाडौँ – बैंक तथा वित्तीय संस्थाले पछिल्ला दिनमा धमाधम लाभांश घोषणा गरिरहेका छन् । उनीहरुले संस्थाको हैसियत अनुसार नै लाभांश प्रस्ताव गरेका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट लाभांश प्रस्ताव गरेका हुन् । केहीले लाभांश घोषणा गरेर बुक क्लोजको मिति नै सार्वजनिक गरिसकेका छन् भने केहीले लाभांश मात्रै घोषणा गरेका छन् ।  बिहीबार सम्म ६९ वटा बढी बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् ।

 

अहिलेसम्ममा लाभांश घोषणा गर्नेमा वाणिज्य बैक १९, विकास बैंक ४, माइक्रोफाइनान्स कम्पनी ३७, जलविद्युत लगायत अन्य ७ वटा कम्पनी रहेका छन् । अन्य कम्पनीले पनि लाभांश घोषणा गर्ने क्रमलाई बढाएका छन् । नेप्सेमा सूचिकृत २७ वटा बाणिज्य बैंकमध्ये अहिलेसम्म १९ वटाले मात्रै लाभांशको घोषणा गरेका छन् । ९ वटा बैंकले अहिलेसम्म लाभांशको घोषणा गरेका छैनन् । बाँकी बैंकहरुले भने बोनस र नगद नै दिएका छन् ।

 

घोषणा गरेको लाभांश लगानीकर्ताले भने सम्बन्धित कम्पनीको नियामक निकाय र उनीहरुको साधारण सभाले पारित गरेपछि मात्रै पाउने छन् ।

 

Share this news: