सुनाखरी न्युज
२०७६ कार्तिक २९ , शुक्रवार

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

Capture

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

सुनाखरी न्युज/ दाङ – शान्तिनगर गाउँपालिका-३ बस्ने आफ्नै ज्वाई ३१ वर्षीय गणेश चन्दलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा घोराही उपमहानगरपालिका – १० नारायणपुर बस्ने उनकी सासुआमा ४१ वर्षीया मधु कुमारी मल्ललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

गणेश चन्द र उनकी श्रीमती ससुराली गएको अवस्थामाश्रीमान श्रीमती बीच सामान्य बिबादको बिषयलाई लिएर मधु कुमारीले ज्वाईलाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्तहुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले मधु कुमारीलाई पक्राउ गरेको हो ।

 

गम्भीर घाइते अवस्थामा रहेका चन्दलाई उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही लगिएकोमा थप उपचारको लागि नेपालगञ्ज बाँके रिफर गरिएको छ । घटनाको सम्बन्धमाप्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share this news: