सुनाखरी न्युज
२०७६ कार्तिक २९ , शुक्रवार

रूपज्योतिले आज अदालतमा आफैं बहस गर्ने

Rup Jyoti

रूपज्योतिले आज अदालतमा आफैं बहस गर्ने

सुनाखरी न्युज/ काठमाडौं – ठगीको उजुरीपछि पक्राउ परेका ज्योति ग्रुपका रूपज्योतिले आइतबार अदालतमा आफैं बहस गर्ने तयारी गरेका छन्। उनीमाथि हिरासतमै राखेर अनुसन्धान गर्न शुक्रबार काठमाडौं जिल्ला अदालतले तीन दिनको म्याद दिएको थियो। उक्त म्याद आइतबार सकिँदै छ। फेरि म्याद थपको लागि रूपज्योतिलाई अदालत लगिने काठमाडौं प्रहरी प्रवक्ता होविन्द्र बोगटीले बताए।

 

म्याथ थप गर्नुपर्नेर नपर्ने बहस आफैंले गर्ने तयारी रूपज्योतिले गरिरहेको उनका वकिल अरूण उप्रेतीले जानकारी दिए। ठगी मुद्दामा पूर्वअर्थ राज्यमन्त्री समेत रहेका रूपज्योति र उनकी छोरी सुरूचिलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो। विजेन्द्रकृष्ण मल्लले उनीविरूद्ध १ करोड ३६ लाख ठगी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएका छन्।

Share this news: