सुनाखरी न्युज
२०७६ कार्तिक २९ , शुक्रवार

पेस्तोल र विष्फोटक पदार्थ सहित पक्राउ

Arrest pic

पेस्तोल र विष्फोटक पदार्थ सहित पक्राउ

सुनाखरी न्युज/ बाजुरा – गौमुल गाउँपालिका-३ माझपालीबाट रोल्पा गंगादेब गाउँपालिका ३ जिनावाङ घर भएका ५२ वर्षीय चुडामणी ओली लगायत १६ जनालाई पेस्तोल तथा विभिन्न विष्फोटक पदार्थहरु सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

उनीहरुबाट एकनाले कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ३ राउण्ड, फलामको खाली सकेट १ थान, बारुद २ किलो २ सय ग्राम, प्रेशरकुकर बम १ थान, ईलोक्ट्रनिक कमर्सियल डेटोनेटर ८ थान, बिजुलीको तार, मैनबत्ती, पिलास, टेप र कैंची तथा सैन्य तालिम सम्बन्धी कागजात प्रहरीले फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share this news: