सुनाखरी न्युज
२०७६ कार्तिक २९ , शुक्रवार

ब्यवसायी रूप ज्योति थप ५ दिन थुनामा रहने, वहस आफैं गर्ने

Rup Jyoti

ब्यवसायी रूप ज्योति थप ५ दिन थुनामा रहने, वहस आफैं गर्ने

सुनाखरी न्युज/

काठमाडौं– हाउजिङका नाममा ठगी गरेको आरोपमा पक्राउ परेका व्यापारी रूप ज्योतिलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

पूर्वअर्थ सहायक मन्त्री समेत रहेका रूप ज्योतिलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आइतवार अनुमति दिएको हो ।

यसअघि दिएको ३ दिनको म्याद सकिएपनि आइतवार ५ दिनको म्याद थप भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए ।

ल्याण्डमार्क डेभलपर्सका नाममा काठमाडौं महानगरपलिका– ४ बालुवाटारका विज्ञेन्द्रकृष्ण मल्लसँग हाउजिङ बूकिङका नामा लिएको रकम ठगी गरेको आरोप लागेका रूप ज्योतिलाई प्रहरीले गत बिहीवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनी अमेरिकाबाट नेपाल फर्किंदै थिए ।

 

रूप ज्योतिकी छोरी सुरुचि ज्योतिलाई पनि हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । सुरुचि शुक्रवार काठमाडौंबाट पक्राउ परेकी थिइन् ।

‘आफैं बहस गर्छु’

आइतबार

सरकारी वकिलको कार्यलयमा उपस्थित गराइएका रूप ज्योतिले आफ्नो मुद्दामा आफैंले बहस गर्ने बताएका छन् ।

रूप ज्योतिले ‘अरू २० दिन ध्यान गरेर बस्छु तर आफ्नो मुद्दामा आफैं बहस गर्छु, अरू कसैलाई पनि राख्दिनँ’ भन्ने जवाफ दिएको स्रोतले बतायो ।

दाजु भन्छन्– भाइले बिरायो

ठगीको आरोप लागेका रूप ज्योतिका दाजु पद्म ज्योति भने आफ्नो भाइ ९रूप ज्योति०ले गलत काम गरेको स्वीकार्छन् ।

उनले पीडितलाई क्षतिपूर्ति भराइदिने आश्वासन पनि दिएका छन् ।

‘उहाँ ९पद्म ज्योति०ले बिहान विज्ञेन्द्रकृष्ण मल्ललाई भेटेर भाइले बिरायो, तपाईंको के कति हो क्षतिपूर्ति म दिन्छु, जसरी पनि छुटाउनुपर्‍यो भनेर भने,’ स्रोतले लोकान्तरसँग भन्यो ।

 

Share this news: