सुनाखरी न्युज
२०७६ मंसिर २९ , आइतवार

भारतको आसाम कोठीबाट ४ बालिकासहित सात नेपाली महिलाको उद्धार

विश्व

sex raket

भारतको आसाम कोठीबाट ४ बालिकासहित सात नेपाली महिलाको उद्धार

सुनाखरी न्युज /

काठमाडौं, ३ मंसिर । भारतको आसामस्थित एक कोठीबाट सातजना नेपाली महिलाको उद्धार गरिएको छ । उद्धार गरिएकाहरुमा चार जना बालिकासमेत छन् ।सिल्चारको सो कोठीमा नेपाली युवती र किशोरीहरुलाई जबरजस्ती यौन धन्दामा लगाइएको सूचना पुष्टि भएपछि नेपालबाट मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको एउटा टोली आसाम पुगेको थियो ।

भर्खरै मात्र भारतको आसामस्थित एक बेश्यालयबाट सातजना नेपाली महिलाको उद्धार गरिएको छ । उद्धार गरिएकाहरुमा चार जना बालिकासमेत छन् ।

दिल्लीबाटै भारतीय अधिकारीहरुसँग समन्वय गरेर पुगेको शक्ति समूहको टोली प्रहरीसहित पुगेर सोमवार साँझ सात जना नेपाली महिलाको उद्धार गरिएको हो । उद्दार गरिएकामध्ये तीन जना २० वर्ष मुनिका रहेको र चार जना बालिकाहरु रहेका छन् ।

ती युवती र किशोरीलाई बेश्यालयसम्म लैजाने र जबरजस्ती यौन धन्दामा लगाउने लक्ष्मी तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी कोठी सञ्चालिका हुन् कि दलालमात्र हुन् भन्ने खुलेको छैन ।उद्धार गरिएकाहरुलाई आजै त्यहाँको स्थानीय अदालतमा उपस्थित गराउने र कानुनी प्रक्रिया पूरा गरी स्वदेश फर्काउने पहल भइरहेको शक्ति समूहले जनाएको छ । संयोजक कोइरालाले दिल्लीस्थित दूतावासलाई जानकारी दिएर उद्धार गरिएको बताएका छन् ।

Share this news: