सुनाखरी न्युज
२०७६ मंसिर २० , शुक्रवार

विश्वभरका अंग्रेजी शिक्षकहरूको कुम्भ मेला नेपालमा

शिक्षा

Capture

विश्वभरका अंग्रेजी शिक्षकहरूको कुम्भ मेला नेपालमा

सुनारखी न्युज/ काठमाडौं – ललितपुरको डीएभी स्कुलमा विश्वभरका अंग्रेजी शिक्षकहरूको कुम्भ मेलालागेको छ । टिसोल–नेल्टा क्षेत्रीय सम्मेलनमा सहभागीहुन नेपाल लगायत २६ देशका १ हजार अंग्रेजी शिक्षकहरू भेला भएका हुन् । सम्मेलनमा सहभागी विज्ञहरूले गुणस्तरीय अंग्रेजी शिक्षाको विकासका लागि कार्यपत्र प्रस्तुत गरेकाछन् । सम्मेलनमा अंग्रेजी कसरी पढाउनेरु कस्तो अंग्रेजी शिक्षा आवश्यक छ? भाषाको माध्यम बाट देशको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा ज्ञान पाएको नेपाली शिक्षकहरूले बताएका छन् ।

 

‘विश्वभर बाट अंग्रेजी शिक्षकहरू आउनु भएको छ । एकअर्को देशमाअंग्रेजी कसरी पढाइन्छरु राम्रो शिक्षक बन्ने   आइडिया सम्मेलन बाट थाहा पाएँ,’ सम्मेलनमा काभ्रे बाट सभागिता जनाएकी कल्पना थापाले भनिन् ।‘विश्वमा अंग्रेजीको प्राक्टिक्स कस्तो भइरहेको छ ? नेपालले अंग्रेजीमा सुधार गर्नुपर्ने विषय बारे सम्मेलन बाट सिक्नपाइयो,’ अर्का सहभागी अग्नि ज्ञवालीले भने । ‘टिसोल–नेल्टा सम्मेलन नेपालमा पहिलो पटक भएको हो,’ नेल्टाका उपाध्यक्ष जयराम खनालले भने, नेपालका लागि यो गौरवको विषयहो ।’उनकाअनुसार पहिलो दिन बुधबार नेल्टा सिम्पोजियम भएको छ । दोस्रो दिन बिहीबार सम्मेलनको उद्घाटन संस्कृतिपर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गरेका छन् । सम्मेलनमा शनिबार सम्म आठवटाकी–नोट, १७ वटा प्लेनरी तथा २ सयभन्दा बढी कार्यपत्र प्रस्तुत गरिनेछ ।

 

‘अंग्रेजी भाषाको माध्यम बाट नेपालको कला संस्कृति विश्वमा चिनाउन सकिन्छ,’उपाध्यक्ष खनालले भने,‘विश्वका अरू देशले नेपाली भाषा बुझ्दैनन् । त्यसैले नेपालको प्रमोट गर्न पनि अंग्रेजी भाषा आवश्यक छ ।’विदेशी भाषा नजानेका कारण नेपाल विकासमा पछि परेको उनले बताए । ‘भाषा नजानेका कारण विदेशीलाई कन्भेन्स गर्न सकेका छैनौं,’ उनले भने, ‘अंग्रेजी भाषा बाट पनि देशको विकास गर्न सकिन्छ ।’नेपालअंग्रेजीभाषाशिक्षक संघ ‘नेल्टा’ र अंग्रेजी भाषा शिक्षकहरूको अन्तर्राष्ट्रिय संघ टिसोल अमेरिका को आयोजना माटिसोल–नेल्टा क्षेत्रीय सम्मेलन नेपालमा भएको हो । सम्मेलन शनिबार सम्म चल्नेछ । नेल्टा नेपालमा अंग्रेजी शिक्षाको विकासका लागि सन् १९९२ मा स्थापना भएको गैर नाफामूलक संस्थाहो । नेपाली विद्यार्थी एवं शिक्षकहरू लाई अन्तर्राष्ट्रिय स्तरको अंग्रेजी सुनाइ, बोलाइ र लेखाइमा गुणस्तर कायम गर्न खोलिएको संस्था हो ।

Share this news: