सुनाखरी न्युज
२०७६ मंसिर २० , शुक्रवार

निगमले भ्रमण बर्ष २०२० लाई सफल बनाउन रणनीतिक योजनालाई परिणाममुखी बनाउने

घुमफिर–पर्यटन

Capture

निगमले भ्रमण बर्ष २०२० लाई सफल बनाउन रणनीतिक योजनालाई परिणाममुखी बनाउने

सुनाखरी न्युज/ काठमाडौं – नेपाल वायुसेवा निगमले नेपाल सरकारद्वारा घोषित नेपाल भ्रमण बर्ष २०२० लाई अत्यधिक सफल बनाउन रणनीतिक कार्य योजनालाई थप परिष्कृत एवम् परिणाममुखी बनाउने निर्णय गरेको छ । निगमका कार्यकारी अध्यक्षमदन खरेलको अध्यक्षतामा मंसीर ५ गते बसेको कार्यकारी समितिको बैठकले निगमका सम्पूर्ण विमानहरु र निगमको स्वामित्वमा रहेका सवै सवारी साधनमा नेपाल भ्रमण बर्ष २०२० का लोगोहरु अङ्कित गर्ने निर्णय गरेको छ ।

 

विभागहरुलाई उक्त निर्णय तत्काल लागू गर्न निर्देशन पनि दिएको छ । नेपाल भ्रमण बर्ष २०२० मा नेपाललाई पर्यटकका लागि आकर्षक गन्तव्य बनाउनुका साथै प्राकृतिक रुपमा अत्यधिक सुन्दर र संस्कृतिक रुपमा सम्पन्न राष्ट्रको विश्वव्यापी परिचयलाई थप सुदृढ बनाउने महान अवसरको रुपमा भ्रमण बर्षलाई उपयोग गर्न निगमले विज्ञ सहितको डिजिटल मिडिया एवम् कन्टेन्ट बनाई पर्यटक आकर्षित गर्ने कार्यनीति तयार गरेको छ । नेपाल भ्रमण बर्ष २०२० को लक्ष्य र निगमको व्यावसायिक प्रवद्र्धनलाई केन्द्रित गरी निगमले डिजिटल मिडिया सेलवाट फेसबूक, व्टिटर, ईन्स्ट्रग्राम र यूट्युवमा पर्यटन प्रवद्र्धन सम्वन्धी सामग्री प्रसारण गर्नेछ ।

 

निगमले गुणस्तरीय सेवा सहित पर्यटक आकर्षण गर्न केन्द्रीय कार्यालय स्थित विक्री कक्ष रातीको ८ः०० सम्म खूल्ला राख्ने जनाएको छ ।  काठमाडौंका होटेल तथा टुर अपरेटर व्यवसायीहरुसंग सम्झौता गरी विदेशवाट आएका यात्रुहरुलाई निगमका बाह्य स्टेशनवाट प्याकेजमा टिकट विक्रीको व्यवस्था गरिने छ । भ्रमण वर्ष २०२० लक्षित निगमले थप कार्यक्रमहरु क्रमशः बनाउँदै जान पाँच जना निर्देशक सम्मिलित समिति गठन गरेको छ भने मिडिया÷पर्यटक सहजिकरणका लागि एक उप–समिति निर्माण गरी पाक्षिक प्रगति मूल्याङ्कन गरी थप कार्यक्रम बनाउन निगमले निर्णय गरेको छ । प्रत्येक अन्तर्राष्ट्रिय स्टेशनहरुमा पर्यटकहरुका लागि गोलाप्रथाद्वारा मासिक एकथान टिकट निशूल्क उपलव्ध गराइने छ ।

Share this news: