सुनाखरी न्युज
२०७६ मंसिर २९ , आइतवार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, भेन्टिलेटर हटाइयो

स्वास्थ्य

oli-nirdesan

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, भेन्टिलेटर हटाइयो

सुनाखरी न्युज/ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएपछि आज बिहानबाट भेन्टिलेटर हटाइएको छ ।

 

प्रधानमन्त्री ओलीको मंगलबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको अपरेसन गरिएको थियो । अपरेसन पश्चात उनलाई भेन्टिलेटरमा राखिएको थियो । साथै अस्पतालले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर रहेको जानकारी दिएको थियो ।

Share this news: