सुनाखरी न्युज
२०७६ मंसिर २० , शुक्रवार

सुनचाँदीको मूल्य घट्यो

सुन–चाँदी

gold

सुनचाँदीको मूल्य घट्यो

 

सुनाखरी न्युज / काठमाडौँ  –  बिहीबार सुनको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार बुधबार तोलामा ७१ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर तोलामा ७१ हजारमा कारोबार भएको ले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ७० हजार ७०० मा कारोबार भएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य घटेर तोलामा ८५० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । यसअघि बुधबार चाँदी तोलामा रु ८५५ रुपैयाँ रहेको थियो ।

Share this news: