सुनाखरी न्युज
२०७६ मंसिर २९ , आइतवार

टिभिएस अपाचेसिरिज सप्तरङ्ग सिजन २ मा सातवटै प्रदेशमाअपाचे आरटिआर १६० २V रेस

अटो

Capture

टिभिएस अपाचेसिरिज सप्तरङ्ग सिजन २ मा सातवटै प्रदेशमाअपाचे आरटिआर १६० २V रेस

सुनाखरी न्युज/ काठमाडौँ – जगदम्बा मोटर्स प्रा.लि.ले नेपालमाआधिकारिक रुपमाबिक्रीवितरण गर्दै आएको अन्तर्राष्ट्रिय बजारमा अत्याधिक लोकप्रिय टु ह्वीलर मोटरसाईकल टिभिएस अपाचे सिरिज मुख्य प्रायोजक रहेको देशकै एक विशाल साँगीतिक कार्यक्रमटिभिएस अपाचे सिरिज सप्तरङ्ग सिजन २ले सातवटै प्रदेशमा भव्य कार्यक्रम सम्पन्न गरेको छ । देशलाई सँगीतको माध्यमबाट जोड्ने प्रयासका साथगतकार्तिक २० गतेदेखि शुरु गरिएको यो कार्यक्रमयहीमंसिर ४ गते सुसम्पन्नभएको छ ।

 

भिजिटनेपाल २०२० लाई लक्षित गरी यस साँगीतिककार्यक्रमको प्रमुखआकर्षण महानायक राजेश हमालको साथमाजितु नेपाल, गायक सुगमपोखरेल, हिमाल सागर, मेलिना राई लगायतकाचर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुतिद्वारा उपस्थितदर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।सोहीटिभिएस अपाचे सिरिज सप्तरङ्ग सिजन २को साँगीतिकमाहौलबीचयुवावर्गमाझअत्यन्त कौतुहल रहेको टिभिएस अपाचे आरटिआर १६०२ख्रेस इदिसनदबल दिस्कको पनिसातवटै प्रदेशमाकार्यक्रममा सहभागीकलाकारहरु द्धारा सार्वजनिकगरिएको थियो । टिभिएस मोटर कम्पनीको लोकप्रियटिभिएस अपाचे सिरिज अन्तर्गत रहेको अपाचे आरटिआर १६० २ख्रेस इदिसनदबल दिस्ककोमुख्यआकर्षण डबल डिस्क ब्रेक, न्यू हाईग्रिप रिमोरा टायर, न्यू रेसिङग्राफिक, न्यू थ्रिडि हर्स लोगो ओभरस्क्वायर इन्जिन र डिजिटल डिस्प्ले हुन् । साथै यसको इन्जिन एयर कूल्ड छ रइलेक्ट्रिक÷किक स्टार्ट गर्न सकिने विशेषतायुक्त छ । यसैगरी ग्राउण्ड क्लिरेन्स १६५ मिमि रहेको यो अपाचे आरटिआर यो बाइक हाँक्दा थप आनन्दको अनुभूती प्राप्त हुनेछ ।

 

टिभिएस अपाचे सिरिज सप्तरङ्ग सिजन २को साँगीतिकवातावरणमा झुम्न भेला भएका दर्शकहरुका सामू अपाचे आरटिआर १६०२ख् रेस इदिसनदबल दिस्कमोटरसाईकल सार्वजनिकगर्न पाउनु एक विशेष अवसर भएको बताउँदै जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष  दीपक अग्रवालले भन्नु भयो नेपालीगीत संगीत र अन्य रमाइलो कार्यक्रमहरुको मज्जा उठाउन आउनु भएकादर्शकहरुले हाम्रो नयाँ मोटरसाईकल प्रति जुनउत्सुकताव्यक्त गर्नु भएको छ, र देशकाउत्कृष्ट कलाकारहरु द्धारा अपाचे आरटिआर १६०२ख्रेस इदिसनदबल दिस्कसार्वजनिकगर्ने अवसर प्राप्तभयो । त्यसबाट हामी सातवटै प्रदेशमाउत्साहितभएका छौं । हामीलाई विश्वास भएको छ कि सप्तरङ्ग सिजन २ कार्यक्रम जसरी सफलतापूर्वक सम्पन्नभएको छ, त्यसरी नै अपाचे आरटिआरसिरिजलेपनिएक नयाँ रेकर्ड कायम गर्नेछ । आजकायुवापुस्ताहरुको रुचीलाई मध्यनजर राखेर निर्माण गरिएको यो अत्याधुनिक मोटर साइकलमा सवार गरेर युवाहरु थप रोमाञ्चितहुनेछन् । १ नं प्रदेशको विर्तामोडबाट आरम्भ भएको यो कार्यक्रमवीरगन्ज,चितवन, नेपालगन्ज, सुर्खेत, महेन्द्रनगर,हुँदै अन्तिममा ४ नं प्रदेशको पोखरामाआई समाप्त भएको थियो ।

Share this news: