सुनाखरी न्युज
२०७६ मंसिर २० , शुक्रवार

प्रधानमन्त्री ओली खतरामुक्तः अस्पताल

राजनीति

ddd

प्रधानमन्त्री ओली खतरामुक्तः अस्पताल

सुनाखरी न्युज/
काठमाडौं –
चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त रहेको बताएका छन् ।प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र उनी खतरामुक्त रहेको निजी चिकित्सक डा. दिब्या सिंह शाहले जानकारी दिइन् । उनले भनिन्, ‘अहिलेको अवस्थामा खतरामुक्त हुनुहुन्छ । भोलि वा पर्सि वा भविश्यको कुरा समयले बताउँछ ।’

प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । त्यसको तीन दिनपछि शुक्रबार उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन गरी स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।

 

चिकित्सकहरुकाअनुसार मिर्गौला प्रत्यारोपण गरेका विरामीहरुलाई एपेन्डिसाइटिस हुँदा जति ज्वरो आउनुपर्ने हो नआउने र त्यति दुखाई पनि महसुस हुँदैन । साथै एडेन्डिक्स फुट्दा पेटमा संक्रमण फैलने सम्भावना भने अरुलाई भन्दा बढी हुन्छ ।

Share this news: