सुनाखरी न्युज
२०७६ मंसिर २९ , आइतवार

राष्ट्रिय कीर्तिमान बनाएकी धाविका साग छाडेर कतार भागेपछि

प्रवास

Capture

राष्ट्रिय कीर्तिमान बनाएकी धाविका साग छाडेर कतार भागेपछि

सुनाखरी न्युज/
काठमाडौं-

१३औं दक्षिण एसियाली खेलकुद (साग) छाडेर चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएकी धाविका तुलसा खत्री विदेशिएकी छिन्।

घरेलु मैदानमा आयोजना हुने १३औं सागको उद्घाटन हुनु ३ दिनअघि बिहीबार प्रशिक्षकलाई झुक्याएर नेपाली सेनाकी धाविका खत्री कतार गएकी हुन्।

एथ्लेटिक्सका प्रमुख प्रशिक्षक चन्द्रबहादुर गुरुङका अनुसार खत्रीले प्रशिक्षणमा ढिला आउने भनी बुधबार बेलुकी सन्देश पठाएकी थिइन्। मन्दिर जाने भन्दै सन्देश पठाएकी खत्री बिहीबार दिउँसोसम्म सम्पर्कमा नआएपछि प्रशिक्षक गुरुङले सोधपुछ थालेका थिए।

त्यसपछि उनी कतार गएको अन्य खेलाडीले जानकारी दिएको गुरुङले बताए। बिहीबार राष्ट्रिय खेलकुद परिषद्लाई मौखिक जानकारी दिएका प्रशिक्षक गुरुङले शुक्रबार भने लिखित रुपमा नै पत्राचार गरेका छन्।

Share this news: