सुनाखरी न्युज
२०७६ मंसिर २९ , आइतवार

शनिबार भएको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक हुँदा तीनवटै वडामा नेपाली काँग्रेस विजयी

राजनीति

NC#

शनिबार भएको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक हुँदा तीनवटै वडामा नेपाली काँग्रेस विजयी

सुनाखरी न्युज /

चितवन- हमाललाई जिताउन प्रचण्ड स्वंम चुनावी सभामा सम्बोधन गर्न चितवन पुगेका थिए । दुई पार्टी तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर बनेको सत्तारुढ दलले तीनवटै वडा जित्ने दावी गर्दै आएको थिए । तर, शनिबार भएको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक हुँदा तीनवटै वडामा नेपाली काँग्रेस विजयी भयो । यसअघि जित हासिल गरेको वडामा समेत नेकपाले पराजय भोग्न परेको छ ।

खैरहनी नगरपालिका–५ मा नेपाली काँग्रेसकी प्रतिमा कार्की ९बस्नेत० विजयी भएकी छन् । कार्की नेकपा उम्मेद्वारलाई ८६ मतान्तरले फरक पार्दै वडाअध्यक्षमा विजयी भएकी हुन् ।

भरतपुर महानगरपालिका–१६ बाट भक्तराज हमाल नेकपाबाट उम्मेद्वार बनेका थिए । १६ वडामा यसअघि नेकपा एमाले एक्लै हुँदा ६४ मतान्तरतले जित हासिल गरेको थियो । वडा नम्बर १६ को वडाअध्यक्षमा ३ हजार १८३ मत प्राप्त गर्दै काँग्रेसका उम्मेद्वार अमृतराज हमाल विजयी भएका हुन् । यस्तै नेकपा उम्मेद्वार भक्तराज हमालले २ हजार ८७५ मत प्राप्त गरेका थिए । यस्तै पूर्वीचितवनको खैरहनी नगरपालिका–४ मा पनि नेपाली काँग्रेसका उम्मेद्वार नै विजयी भएका छन् । काँग्रेस उम्मेद्वार देवबहादुर बस्नेतले नेकपाका उम्मेद्वार वेदबहादुर अधिकारीलाई १५२ मतान्तरले हराएका छन् ।

Share this news: