सुनाखरी न्युज
२०७६ मंसिर २९ , आइतवार

सेजन डे मा ‘सुनाखरी न्युज डट कम’ (www.sunakharinews.com) का प्रधान सम्पादक ‘शिव दुवाडी’ सम्मानित

प्रवास

Shiva Sejon Award#

सेजन डे मा ‘सुनाखरी न्युज डट कम’ (www.sunakharinews.com) का प्रधान सम्पादक ‘शिव दुवाडी’ सम्मानित

 

सुनाखरी न्युज/
काठमाडौं-
अर्थराजनीतिक अनलाइन पत्रिका सुनाखरी न्युज डट कम (www.sunakharinews.com) का प्रधान सम्पादक शिव दुवाडी सम्मानित हुनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज सेजनको २२ औं स्थापना दिवस (सेजन डे) का अवसरमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले प्रधान सम्पादक दुवाडीलाई सम्मान गरेको हो ।
आइतबार काठमाडौंमा आयोजित सेजन डे कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले सुनाखरी न्युज डट कम का प्रधान सम्पादक दुवाडीलाई सम्मान गर्नुभयो ।

तस्विरः द्धारिका काफ्ले

Shiva Sejon Award2

 

आर्थिक पत्रकारिता क्षेत्रमा विगत डेढ दशक भन्दा बढी समयदेखि निरन्तर कलम चलाउँदै आउनुभएका दुवाडीलाई उहाँले आर्थिक पत्रकारिताको क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो । प्रधान सम्पादक दुवाडी सहित लामो समयदेखि आर्थिक पत्रकारित गरिरहनुभएका नितु पण्डित, जुनारबाबु बस्नेत र रामप्रसाद दाहाललाई पनि सम्मान गरिएको छ ।

 

त्यसक्रममा दुई जना आर्थिक पत्रकार (छापा र विद्युतीय माध्यम)  बर्षभरीको उत्कृष्ट रिपोर्टिङका आधारमा नगदसहित पुरस्कृत गरियो ।
पुस्कृत हुनेमा छापाबाट मातृका दाहाल र विद्युतीयबाट केदार दाहाल हुनुहुन्छ । उहाँहरुलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गरिएको छ भने रमेश कुमार र राजु वास्कोटाले फेलोसिप प्राप्त गर्नुभएको छ ।

सेजवन डे को नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिबी नेपालले समुदघाटन गर्नुभएको थियो ।

Share this news: