सुनाखरी न्युज
२०७६ मंसिर २० , शुक्रवार

१३ औं साग औपचारिक रुपमा सुरु, राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् उद्घाटन, यस्ता छन् सागका बिशेषता !

खेलकुद

Saag

१३ औं साग औपचारिक रुपमा सुरु, राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् उद्घाटन, यस्ता छन् सागका बिशेषता !

सुनाखरी न्युज/

काठमाडौँ — दक्षिण एसियाको ओलम्पिक मानिने साग प्रतियोगिता १३ औं संस्करण औपचारिक रुपमा दशरथ रंगशालमा सुरु भएको छ ।

७ देशका ३ हजारभन्दा बढी खेलाडीले यसपालि प्रतिस्पर्धा गर्नेछन् । त्यसमा नेपालको सबैभन्दा धेरै ५ सय ९४ खेलाडी छन् । राष्ट्रिय टिम तयारी समितिका संयोजक रिमबहादुर रानाभाटका अनुसार १ सय २१ जना स्वदेशी र १३ जना विदेशी प्रशिक्षक तथा ५२ जना व्यवस्थापकसमेत गरेर नेपाली टोली ७ सय ८० जनाको छ ।

मार्चपासमा नेपालको झन्डा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्नेछन् । उनले २००६ मा स्वर्ण पदक जितेका थिए, जुन भारोत्तोलनमा नेपालको अहिलेसम्मको एउटै स्वर्ण हो । त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलाडीका तर्फबाट तथा ब्याडमिन्टनका दीपक श्रेष्ठले निर्णायकका तर्फबाट शपथग्रहण गर्नेछन् । सातै प्रदेशमा पुर्‍याइएको ओलम्पिक टर्च तेक्वान्दोका दीपक विष्टले बाल्नेछन् । उनलाई अन्य ओलम्पियन खेलाडीले साथ दिनेछ । काठमाडौं र पोखरा यसपटकका मुख्य खेलस्थल हुन् ।

काठमाडौं, ललितपुर, कीर्तिपुर र गोकर्णेश्वरमा एथलेटिक्स, बास्केटबल, थ्रीबाईथ्री बास्केटबल, बक्सिङ, पुरुष क्रिकेट, साइक्लिङ, फेन्सिङ, पुरुष क्रिकेट, गल्फ, जुडो, कबड्डी, कराते, खोखो, पौडी, सुटिङ, स्क्वायस, टेबलटेनिस, तेक्वान्दो, भलिबल र उसु आयोजना हुनेछन् ।

उद्धघाटन कार्यक्रमलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा तथा राखेपका सदस्य सचिव रमेश सिलवाले सम्बोधन गरेका थिए ।

Share this news: