सुनाखरी न्युज
२०७६ मंसिर २९ , आइतवार

आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा अस्पतालबाटै पक्राउ

सुरक्षा–अपराध

Capture

आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा अस्पतालबाटै पक्राउ

सुनाखरी न्युज/ काठमाडौं – आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीलाई प्रहरीले अस्पतालबाटै पक्राउ गरेको छ। बलात्कार आरोप लागेपछि विराटनगरस्थित विराट नर्सिङ होममा उपचार गराइरहेका सिद्धबाबालाई प्रहरीले सोमबार बिहान आईसीयू बाटै नियन्त्रणमा लिएको हो। सुनसरी प्रहरीले उनलाई बिहान ४ बजे पक्राउ गरेको हो। एम्बुलेन्समा राखेर उनलाई सुनसरी जिल्ला प्रहरी कार्यालय लगिएको प्रहरीले जनाएको छ।

 

‘सिद्धबाबा’का रुपमा कहलिएका विवादास्पद कृष्णबहादुर गिरी विरुद्ध सुनसरी जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ। सुनसरी बाहिरकी एक अनुयायीले सिद्धबाबाले आफूलाई बराहक्षेत्रस्थित चतरा आश्रममा बलात्कार गरेको उजुरी गत बिहीबार दर्ता गराएकी हुन्। घटना गत कात्तिक ४ गते भएको उजुरीमा उल्लेख छ। आफूविरुद्ध उजुरी दर्ता भएको थाहा पाएपछि ‘सिद्धबाबा’ मुटु दुखेको भन्दै शुक्रबार बिहानै अस्पताल भर्ना भएका थिए। आईसीयूमा उपचार गराइरहेकै बेला उनलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो।

Share this news: